धनकुटा । मध्यपहाडी लोकमार्ग अन्तर्गत अप्टिकल फाइबर विछ्याउने काम सोमबारबाट शुरु भएको छ ।

हिलेमा एक कार्यक्रमका बीच कोरियन ठेकेदार कम्पनीका प्रोजेक्ट मेनेजर किम र नेपाल टेलिकमका पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरका निर्देशक अमरनाथ झाले संयुक्त रूपमा शिलान्यास गरे । पाँचथरको किवाभञ्ज्याङदेखि प्रदेश नं. ३ अन्र्तगतको गोर्खाको आरुघाटसम्म नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याउँदै छ ।

नेपाल टेलिकमले फाइबर बिछ्याउने कामको जिम्मेवारी कोरियन ठेकेदार कम्पनी एलएस केवल एण्ड सिस्टमलाई दिएको छ । लोकमार्गले छुने ३५ वटा जिल्लाले फाइबर सेवा प्राप्त गर्नेछन् । कम्तीमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । ३ वटा प्याकेजमा गरी अप्टिकल फाइबर नेटवर्कको लम्बाइ २ हजार १ सय ७९ किलोमिटर रहेको छ ।

यो कामको शुरुवात धनकुटासहित धादिङ र सिन्धुलीको खुर्कोटबाट एकै पटक काम शुरु भएको हो । शिलान्यास कार्यक्रममा नेपाल टेलिकम पूर्वाञ्चल निर्देशनालयका निमित्त निर्देशक रामनरेश कुँवर, इञ्जिनियर नारायण रेग्मी, अरुणकुमार चौधरी, कोरियाली कम्पनीका मिस्टर काङ, केन्द्रीय कार्यालयका सहायक प्राविधिकद्वय भुषण भण्डारी, मालिका जोशीलगायतले मन्तव्य राखेका थिए । नेपाल टेलिकम तथा नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौंता भई ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) मार्फत् आयोजनाको लागि ४ दशमलव ८ सय ७३ अर्ब जुटाइएको छ ।