काठमाडौं/एनसेल प्रालिले इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग गरेको ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रम सम्झौताको अवधि थप गरेको छ ।

नयाँ सहमतिअनुसार इञ्जिनियरिङतर्फका थप दुई सङ्काय पनि समावेश गरिएको छ । एनसेलले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग पु¥याउने लक्ष्य लिएको छ । सहमतिअनुसार २०७६ देखि २०८० सालसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इञ्जिनियरिङ सङ्कायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई एक करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरिने भएको छ । एनसेलका तर्फबाट वित्तीय प्रमुख कनिश्क गयानविक्रमा र पुल्चोक क्याम्पसबाट डिन प्रा. रामचन्द्र सापकोटाले सोमबार सम्झौतामा हस्ताक्षर गरेका छन् । पाँच वर्षसम्म इञ्जिनियरिङमा भएको सङ्कायमा अध्यनरत उत्कृष्ट विद्यार्थीलाई १८ वटा छात्रवृत्ति र ६ उत्कृष्टता सम्मान पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ । लगनशील र उत्कृष्ट प्रतिभालाई प्रबद्र्धन गर्ने उद्देश्यले निर्मित छात्रवृति तथा उत्कृष्टता पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

‘क्याम्पससँग सहकार्यलाई थप निरन्तरा दिन पाउँदा हर्षित छौं । एक्काइसौ शताब्दीका प्राविधिकलाई सहयोग गर्न र उनीहरूसँग सहकार्य गर्न चाहन्छौं ।’ वित्तीय प्रमुख बिक्रमाले भने । यसअघि एनसेलले २०७१ म सम्झौता गरेको थियो । पाँच वर्षको अवधिमा ६० जना विद्यार्थीहरूलाई एनसेल छात्रवृति र २० जनाले उत्कृष्टताको पुरस्कार प्राप्त गरेका थिए । इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् र कम्प्युटर इञ्जिनियरिङ सङ्कायका विद्यार्थीले छात्रवृति र उत्कृष्टताको पुरस्कार प्राप्त गरेका थिए । जसको राशि ८० लाख रुपैयाँ थियो । ‘थप पाँचवर्षका लागि यो कार्यक्रमलाई निरन्तरता दिनु भएकोमा एनसेलप्रति आभार व्यक्त गर्दछौं,’–डिनले भने । पाँच सङ्कायमा स्नात्तक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीषामा प्राप्त गरेको नतिजाको आधारमा वितरण गरिँदै आएको छ । छात्रवृत्तिमा भने पाँचवटै सङ्कायमध्ये उत्कृष्ट नतिजा ल्याउनेमध्येबाट एक जनाले प्राप्त गर्ने छ ।

एनसेलले सन् २०१० देखिनै शैक्षिक क्षेत्रलाई प्राथमिकता दिँदै सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरिँदै आएका छ । एनसेलले कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरूलाई ११ देखि स्नात्तक तहसम्म छात्रवृति प्रदान गर्दै आएको छ । त्यस्तै डिजिटल शिक्षामा योगदान पु¥याउन कम्पनीले १६ वटा विद्यालयहरूमा डिजिटल पुस्तकालय निर्माण गरेको छ । साथै ४४ वटा सामुदायिक विद्यालयहरूमा कक्षाकोठा, शौचालय, खानेपानी सुविधा, शैक्षिक तथा खेलकुद सामग्रीलगायताका लागि सहयोग प्रदान गरेको छ । एनसेलले शिक्षा क्षेत्रमा मात्रै १० करोडभन्दा बढी लगानी गरेको जनाएको छ । जसबाट २५ हजारभन्दा बढी विद्यार्थी लाभान्वित बनेका छन् । एनसेलले नेपाली कला, साहित्य, सङ्गीत, फुटबल, क्रिकेटमा पनि योगदान गरेको जनाएको छ ।