पाँचथर/ आफ्नै स्वागतमा आयोजना गरिएको कार्यक्रममा बोल्दाबोल्दै फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको निधन भएको छ ।

विद्यालयमा नवनियुक्त शिक्षक फागोको स्वागत र अर्का शिक्षक अशोक तिम्सिनाको बिदाईका लागि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मन्तव्य राखिसक्ने बित्तिकै फागो बेहोस भएर भूइँमा ढले । 

अचानक ढलेका उनको केहीबेरमै निधन भएको  स्थानीय राम बाँस्कोटाले बताए । उनको शव पोष्ट मार्टमका लागि सरदरमुकाम लगिएको फिदिम–८ तमाखेस्थित प्रहरी चौकीले जनाएको छ । फिदिम–११ मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागो केही दिनअघि मात्र सो विद्यालयमा करारमा नियुक्त भएका थिए ।