बिर्तामोड ।  झापाको अर्जुनधारा नगरपालिका १ मदनपुरमा ट्याक्टरले किचेर सोही ठाउँ बस्ने वर्ष १९ का अर्जुन प्याकुरेलको मृत्यु भएको छ ।
प्याकुरेल लाई सोही स्थानको साधुटारबाट आउँदै गरेको ढुंगा लोड गरेको मे.१.प ५००६ नम्बरको किचेको थियो । प्याकुरेलको घटनास्थलमै मृत्यु भएको शनिश्चरे प्रहरी चौकीका प्रमुख राजन खड्काले जानकारी दिएका छन् । घटनामा संलग्न ट्याक्टर र चालक सन्दिप कडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।