धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पौडी खेल्ने क्रममा खोलाले बगाएर २ बालकको समेबार साँझ मृत्यु भएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं.२ र ३ को सिमनामा पर्ने लेगुवा खोलामा अपरान्ह ४.३० बजे नुहाउने क्रममा खोलो बगाएर २ बालकको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका वडा नं.२ का वर्ष १२ का गौरव लुङ्गेली मगर र वडा नं.३ का वर्ष १४ का अमिर मगर रहेका छन् ।

पौडी खेल्ने क्रममा शुरुमा गौरव पौडी खेलिरहेको दहमा डुवेका थिए । गौरव डुबेको देखेर अमिर गौरवलाई दहबाट बाहिर निकाल्न भनेर उद्धारको लागी जाँदा उनी पनि डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र बहादुर गुरुङ्गले बताए ।

गौरवको भने धनकुटा जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भउको थियो । दहमा डुबेर सोमबार साँझ वेपत्ता भएको अमिरको शव भने मंगबार बिहान खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ । घट्ना पछि मारेककटहरे प्रहरी चौकीवाट खटिएको प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

मृतक गौरवको शव पोष्मार्टमको लागी जिल्ला अस्पताल धनकुटामा राखिएको छ भने अमिरको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा ल्याउँदै गरिएको प्रहरीले जनाएको छ । दुवै शवलाई मंगलबार पोष्टमार्टम गरी सनाखतको लागी आफन्तलाई जिम्मा लगाईने प्रहरी प्रमुख गुरुङ्गले बताए ।