धरान । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेका दुइ परिवारका नौं जनाको हत्यामा मारिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमले गरेकाे हुन सक्ने अनुमान प्रहरीले गरेकाे छ । 

सामूहिक हत्या भएभन्दा २ किलाेमिटरकाे दूरीमा उनी साेही गाउँपालिकाकाे ८ नम्बरमा झुण्डिएकाे अवस्थामा उनी फेला परेका थिए । र, हत्या भइरहेकाे समयमा भाग्न सफल बनेकी सीता खजुमले पनि हत्या एकजना नकाबधारीबाट भएकाे प्रहरीलाइ बयान दिएकी छन् । नाताले उनी बमबहादुरका कान्छा ज्वाइँ हुन् । हत्या भएकाे स्थानभन्दा ढेड किलाेमिटर परकाे खाेँचमा रगत लतपतिएकाे खुकुरी, लुगा प्रहरीले बरामद गरेकाे छ । 

मानबहादुर र बमबहादुरकी कान्छी छाेरी मनकुमारीबीच केही समययता पारिवारिक कलह हुँदै अाएकाे थियाे । एक वर्षयता माइती बस्दै अाएकी मनकुमारीले मानबहादुरसँग सम्बन्धबिच्छेदकाे माग गर्दै अाइरहेकी थिइन् । तर मानबहादुरले सम्बन्धबिच्छेद गर्न नमानेको र त्यही कारण नै हत्या गरिएकाे हुन सक्ने अनुमान प्रहरीले गरिरहेकाे छ ।  

pachthar-hatya1

मानबहादुर र मनकुमारीको सम्बन्धबिच्छेद अन्तिम चरणमा रहेकोले मानबहादुरले ससुरा र साँढुको परिवारले डिभोर्स गर्न सघाएको भन्दै हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

दुइ घरमा भएको सामुहिक हत्यामा मानबहादुरका ससुरा ७५ वर्षीय बमबहादुर फियाक, अन्दाजी  ७५ वर्षीय सासु पुर्चीमाया फियाक, २६ वर्षीया श्रीमती मनकुमारी फियाक (माखिम) र झापा दमक बस्ने बमबहादुरकी साहिली छोरीकी कान्छी छोरी १२ वर्षीया आशिका खजुम लिम्बू गरी ४ जनाको हत्या गरेकाे थियाे । 

त्यस्तै  बमबहादुरका माइला ज्वाइँ  ४१ वर्षीय धनराज शेर्मा,  छोरी ३६ वर्षीया जस्मिता फियाक (शेर्मा), नातिनी १३ वर्षीया योवना शेर्मा र ८ वर्षीया मुना शेर्माका साथै धनराजकी भतिजी ६ वर्षीया इक्सा शेर्माको हत्या भएको थियो ।

हजुरबा–आमासँग बस्दै आएकी बमबहादुरकी नातिनी (साहिली छोरी की जेठी छोरी) १४ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी सामान्य घाइते भएकाले दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा छानविन गर्न केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा टोली खटाइसकेको छ। प्रदेश नम्बर १ बाट पनि कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ।

घटना स्थलमा  बमबहादुरकी माइली छोरी र ज्वाईँ  पनि पुगेको ब्लाष्ट सम्बातदाता केशब खड्काले बताएका छन् ।

pachthar-hatya2