धरान  / धरानको बगरकोटबाट कट्टीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान १५ का २२ बषीृय बिनय राना मगर र सोही वडाका २२ बर्षीय अर्का युवा राजु गुरुङलाई धारीलो हतियार कट्टी १ थान र खुकुरी २ थान सहित पक्राउ गरेको हो । उनीहरु हतियारसहित होहल्ला गरी रहेको अवस्थामा फेला पारी निजहरुलाई कट्टी खुकुरीसहित पक्राउ गरी अभद्र ब्यवहारमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट हिरासतमा राख्ने म्याद आज थप गरि अनुसनधान थालिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।