इटहरी / पटक पटकविवादित बन्दै आएको इटहरीको डिभिएम स्कुलमा बुधबार डोजर चलाइएको छ । तामझामसहित डिभिएम स्कुल पुगेका मेयर द्धारिकलाल चौधरीले स्कुल भत्काउँन निर्देशन दिए सँगै स्कुलले बनाएको पिच बाटोबाटो डोजर चलाउँन सुरु गरेको हो ।

डिभिएम स्कुल इटहरीमा रहेको भवन सार्वजनिक जग्गामा रहेको भन्दै मेयर चौधरीले पटक पटक खाली गर्ने भन्दै कहिले पत्र पठाउने त कहिले डोजर लिएर जाने गरेका थिए । पुन स्कुलमा डोजर लिएर ऐलानी जग्गामा वनेको विद्यालय भत्काईने चौधरीले बताए । उनले भने –‘बारम्बारको निर्णय नमाने पछि डोजर लिएर आएको हुँ ।’

वुढीखोलाकिनारमा रहेको नेपाल डिभिएम ग्लोवल एकेडेमी विद्यालयले भोगचलन गर्दै आएको जग्गामध्ये १ विगाह १७ कठ्ठा जग्गा सार्वजनिक जग्गा रहेको मेयर चौधरीले दावी गर्दै आएका छन् । विद्यालयको नाममा रहेको ६ कठठा ५ घुर जग्गामाछ । इटहरीले सरकारी जग्गा खोज्ने अभियान समेत सुरु भएको बताएका छन ।