सिरहा / सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. ११ बस्तीपुरमा गत जेठ ७ गते २९ बर्षीया रितुदेवी यादबको हत्या भएको थियो । प्रहरीले अनुसन्घान गर्ने क्रममा घर परिवारका सदस्यहरुसगँ सोधपुछ गर्दा निज रितुदेवी यादबलाई निजकै श्रीमान् चन्देश्वर खेरवार यादबले घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुले पछि इलाका प्रहरी कार्यालय मिर्चैयाले खेरवारलाई पक्राउ गरेको छ ।
इप्रकाका डिएसपी सुकदेब खनालका अनुसार अनुसार घाँटी थिचेर रितुलाई हत्या गरिएको खुलेको छ । स्रोतका अनुसार रितुले छोरा नजन्माएको निहुँमा पटक पटक तनाव दिँदै आएको र सोही कारण हत्या गरेको हुन सक्ने डिएसपी खनालले बताए । रितुको एक छोरी छन् । स्थानीयका अनुसार रितुलाई छोरा जन्माउने उनले दवाव दिदैं आएका थिए ।