धरान । राष्ट्रिय वाणिज्य बैङ्कले धरान–६ पानबारीमा आफ्नो २१९ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैङ्कले ग्रामीण क्षेत्रकाबासीहरूलाई सुविधा दिने उद्देश्यले पानबारीमा शनिबारबाट शाखा सञ्चालनमा ल्याएको हो । शाखाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । सरकारी स्वामित्वको बैङ्क २०२२ सालमा स्थापना भएको हो । देशभर २ सय १९ वटा शाखाहरू सञ्चालनमा छन् ।

बैङ्कका क्षेत्रीय प्रमुख रिसब कोइरालाका अनुसार १ सय ९१ व्टा एटिएम सञ्चालनमा छन् भने २३ वटा एक्सटेन्सन रहेका छन् । त्यस्तै ९३ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् । बैङ्कको ७७ वटै जिल्लामा शाखा सञ्चालनमा रहेका छन् ।

शनिबारबाटै कारोबार शुरु हुने जनाइएको छ । प्रदेश १ मा ७६ वटा वाणिज्य बैङ्कका शाखा रहेका छन् । प्रदेश १ मा एकसय ३७ वटा स्थानीय तहमध्ये ७६ वटा स्थानीय तहमा बैङ्कका शाखा रहेका हुन् ।