जिरोपोइन्ट । धरान फुटबल क्लबले प्रितम आचार्य जिताउ अभियान सुरु गरेको छ । भारतिय टेलिभिजन जिटिभिद्वारा हरेक हप्ताको शनिबार र आइतबार प्रसारण हुने चर्चित रीयालिटी सो सारेगमपा लिटल च्याम्समा उत्कृष्ट ९ मा पुग्न सफल प्रितमलाई जिताउनका लागि सबैले अ—आफ्नो क्षेत्रबाट जतिसक्दो पहल गर्न धरान फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी अग्रह गरेको छ ।

इटहरी घर भएका प्रतिमले अहिलेसम्म आफ्नै प्रतिभा प्रस्तुत गर्दै उत्कृष्ट ९ सम्म पुग्न सफल भएका छन् । अब उत्कृष्ट ६ बाट भने भोटिङ राउण्ड सुरु हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले धरान फुटबल क्लबको तर्फबाट ५० हजार रूपैयाँ सहयोग गर्ने बताएका छन् । उनले धरानमा मात्र नभएर देशभरीका फुटबल क्लबका साथै साङ्गीतिक क्षेत्रमा कार्य गरीरहेका संघसंस्थाहरूसंग सहकार्य गरेर प्रितम आचार्य जिताउ अभियानलाई चलायमान बनाउने बताएका छन् ।

उक्त समयमा प्रतिमले भिडियो कलमा सबैको साथ र सहयोग गरेमा मात्र आफु सफल हुने भएको कारणले सबैले साथ सहयोग गरीदिन आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा प्रितमकी आमा राधिका आचार्य, संगित साधना प्रतिष्ठान इटहरीका सचिव राजु केसि, धरान संगित प्रतिष्ठानकाक रमेश राई, सुवर्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।