पथरी । मोरङको पथरीशनिशरे नगरमा रहेको सिरिजंगा स्मृति धार्मिक वनको नयाँ समिति चयनको विषयमा चार महिना देखि विवाद काय रहर्दै आएको छ । पछिल्लो पटक एक पक्षले १७ सदस्यीय समितिको नाम सव डिभिजन वन कार्यालय पथरीमा नाम पुर्याए पनि अर्को पक्षले आम उपभोक्ताको उपस्थीत विना पठाइएको समिति किर्ते भएको आरोप लगाउदै पुनः निर्वाचनको माग गरेका छन् ।
धार्मिक वनको माघ २१ गते तेस्रो चुनावी साधारण सभाको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन पछि निर्वाचन प्रक्रियामा जादा विधान अनुसार एक उपाध्यक्षको लागि ६ जनाको मनोनय दर्ता भएको थियो । जसमध्ये निर्वाचन र सहमति नगरी गंगा सावा लिम्बूको अध्यक्षतामा शन्तोष लिम्बू, गोविन्द वनेम र टंक लिम्बू उपाध्यक्ष बनाएर समिति गठन गरेको थियो । निर्वाचन नगरी विधान विपरित समिति चयन भएको भन्दै उपाध्यक्षको उमेद्वार टेकेन्द्र लिभाङ्ग लिम्बूले समिति खारेजीको माग गर्दै आएको थिए ।
उजुरी परेपछि सव डिभिजन वन कार्यालय पथरीले सिरिजंगा वनलाई विधान विपरित समिति गठन गरेको भन्दै पुनः अर्को समिति चयन गर्न पत्र लेखेको थियो । वन समितिले निर्वाचन मण्डलको संयोजक लोकसागर साम्बा, सदस्यहरु दिनेश राई र सकुन्तला राईको समेत लिखित स्पष्टिकरण मागेको थियो । संयोजक साम्बाले सहमतिमा समिति चयन भएको पत्र दिएको थियो भने दिनेश र सकुन्तलाले आफूहरुलाई जानकारी नदिइ समिति घोषणा भएको लिखित स्पष्टिकरण बुझाँएको थिया ।

सव डिभिजन वन कार्यालयको पत्र अनुसार धार्मिक वनले जेठ ७ गते उपाध्यक्षमा शन्तोष लिम्बूको मात्र नाम राखेर १७ सदस्यीय समितिको नाम वनमा बुझाँएको थियो । पत्र बुझाँए पछि टेकेन्द्र लिभाङ लिम्बूले उक्त नाम आम उपभोक्ताको सहमति विना १७ जना बसेर मनोमानी ढंगले किर्ते गरी नाम बुझाँएको भन्दै पुन निर्वाचनको माग जारी राखेका छन् ।

लिम्बूले वन कार्यालय र पथरीशनिश्चरे नगरपालिका तत्काल उजुरी दिएका थिए । सुरुमा चैत १४ गते निर्वाचन समितिको संयोजक लोकसागर साम्बाँले गंगा सावाँको नेतृत्वमा २२ सदस्य समिति चयन गरी वन कार्यालय पठाएका थिए ।

जिल्ला अदालतमा पनि उजुरी दिने बताउदै आएका छन् । लिभाङले विवाद नमिलेसम्म वनको सम्पूर्ण कार्य रोकिनुपर्ने बताउदै आएका छन् । सव डिभिजन वन कार्यालयका प्रमुख मोहम्मद अलाउद्धिनले जिल्ला वन अधिकृतको सल्लाह अनुसार सिरिजंङ्गा स्मृति धार्मिक वनको पुनः अधिवेशन गराएर निर्वाचन गराएर जानुपर्ने बताए ।

ban-11