लक्ष्मीमार्ग । मोरङको बेलबारी नगरपालिकाले जिल्लामै सबैभन्दा बढी विवादहरु मेलमिलापको माध्यमबाट निरुपण गरेको न्यायधिस सहित आएको अनुगमन टोलिले जनाएको छ ।

जिल्ला अदालतबाट आएको न्यायधिस सहितको टोलीले अनुगमन् गरेको थियो । शुक्रवार अनुगमनमा आएको जिल्ला न्यायाधिस नवराज दाहाल नेतृत्वको टोलीले सफ्टवेयर मार्फत जिल्लामै पहिलो पटक बेलबारीले मुद्धा हेर्ने गरेको बताएका छन् । तालिका नै बनाएर काम गरेको भेट्यौ न्यायधिश नवराज दाहालले भने यति ब्यबस्थित अन्यत्र भएको देखीदैन् । अदालतकै जस्तो पेशि सहित मुद्धाहरु हेरेको देख्दा म आफै छक्क परे दाहालले भने काम पनि छिटो छरितो भएको भेटे । शाखा अधिकृत युवराज पौडेलले भने ‘यहाँको न्याय सम्पादनका गतिविधि, नमुना भएको देख्न पाइयो । उपमेयर तथा न्यायिक समिति संयोजक ढाका कुमारी पराजुलि सँग कुराकानी गर्दै अनुगमन टोलले बेलबारी बाट जिल्लामा जाने मुद्धाहरु समेत छिटै मिल्ने गरेको बताएका छन ।

उपमेयरकै कार्यकक्षमा दैनिक हुने छलफल तथा मेलमिलापका लागि सुचना पाटिकै स्थपना गरीएको रहेछ पौडलले भने अन्यत्र यति ब्यबस्थित छैन । बेलबारीमा परेका उजुरी मध्ये सवै भन्दा वढि मेलमिलापका माध्यमवाट मेलमिलाप भएको पाइएको समेत टोलिले जनाएको छ ।

चालु आर्थिक वर्षको बैशाख महिना भित्रमा साढे ४ सय भन्दा वढि उजुरी परेको उपमेयर ढाका कुमारी पराजुलिले बताईन । त्यस मध्ये ३ सय ५० उजुरीमाथि मेलमिलाप भइसकेको उनले बताईन । अघिल्लो बर्ष भन्दा झन्डै दोवर उजुरी आर्थीक बर्ष नसकिदै आएको समेत उनले बताईन् । नगरमा प्रत्येक साताको सोमवार र शुक्रवार उजुरीहरु उपर छलफल गरी मेलमिलाप गराउने कामको समय निर्धारण गरिएको छ । वडा वडामा न्यायिक सुनुवाई कार्यक्रम समेत अघि बढाएको छ । सो नगरको कार्यालय भवन पुरानै र साँघुरो रहेको तथा छुट्टै न्यायालय कक्ष ( इजलास) नभएको अवस्थामा समेत सक्रिय गतिविधि देखिएको अनुगमन टोलिले जनाएको छ ।

न्याधिशको टोलिले बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई समेत भेटेर न्यायिक काममा जिल्लामै बेलबारी पहिलो भएको भन्दै बधाई समेत दिएका थिए । उक्त टोलिले बेलबारीबाट अन्य स्थानिय तहले समेत सिक्न सक्ने भन्दै मेयर सुवेदीलाई बधाई दिएका हुन्।