विराटनगर । ‘मिस एसईई मोरङ २०१९’ को फाइनलमा पुगेका प्रतियोगिहरूले मोरङको बुढीगंगा गाउँपालिका स्थित जागृती वृद्धाश्रमको वृद्धाहरूलाई फलफूल वितरण गरेका छन् ।
प्रतियोगिहरूले सामाजिक उत्तरदायित्व बहन गराउने उद्देश्य अनुरूप शनिबार वृद्धाश्रममा रहेका वृद्धाहरूलाई फलफूल वितरण गरेका हुन् ।
जेठको अन्तिम साता विराटनगरमा हुने उक्त प्रतियोगिताको फाइनलमा एक दर्जन किशोरीहरू पुगेको

ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टका इभेन्ट संचालक सुशिल घिमिरेले जानकारी दिए । विराटनगरलगायतको पूर्वको विभिन्न स्थानमा भएको छनौट चरणको अडिसनबाट उत्कृष्ट हुने फाइनलमा पुगेका थिए । यस वर्षको एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको इभेन्ट संचालक अर्जुन श्रेष्ठले बताए । ‘बौद्धिकता सहितको सौन्दर्य’ मुल नाराको साथ हुन लागेको प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँको साथै ज्योति लाइफ इन्स्योरेन्सले ५ लाख मुल्य बरावरको जीवन बिमा गरिनेछ ।

प्रतियोगिताको फस्ट रनरअपले २० हजार र ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार सहित ३ लाखको जीवन विमा हुनेछ । प्रतियोगिताको विजेता, फस्ट रनरअप र सेकेण्ड रनरअप हुनेलाई विराटनगरको शिक्षादीप कलेजले छात्रवृति प्रदान गरिनेछ ।