‘पूर्वमा पत्रकारितामात्रै पढ्छु भन्दा अझै पनि त्यस्ता कलेज छैनन्। त्यसैले हामीले सिक्ने भनेको अग्रजहरूको सङ्गत, सामिप्तयता र स्नेहले हो। जो सधैं आफ्ना अनुजका लागि मार्गनिर्देशक बन्छन्। हर्ष सुब्बाको अन्तर्वार्ता लिनु ‘सिक्नु’ हो। तसर्थ यो मेरो सिकाइ हो। आफूले मात्र हाईस्कुलको अध्ययन सकेका तर पनि समाज र पत्रकारिताका विश्वविद्यालय पर्गेलेका हर्ष सुब्बालाई मैले पत्रकारिताका हाइस्कुल भनेर शुरुमै भनिदिए“। यो एउटा सिकारुको दुस्साहस हो। हर्ष सुब्बालाई यी चार शब्दले ‘गहिरो अन्याय’ पनि गर्न सक्छ, तर पनि यो एउटा सिकारुको चार अक्षर क्षम्य हुन सक्छ। सुधार गर्ने अरु अग्रज छन्। त्यही आशका पदचाप पहिल्याउ“दै आज मैले यो एउटा हाइस्कुलको केही आयामलाई चुस्स–चुस्स उधिन्ने प्रयास गरेको छु।’

 

तेह्रथुम आठराइ गाउँपालिका चौहान डाँडामा आमा लक्षुमोती र बुबा लोकबहादुरको कोखबाट २०१२ साल पुस ४ गते जन्मेका हर्ष सुब्बा पढ्न र व्यापार गर्न भनेर २०२३ सालमा धरान झरेका थिए । धरानमा झरेपछि नगर पञ्चायतले सञ्चालन गरेको प्राथमिक पाठशालामा प्राथमिक अध्ययन गरे । पब्लिक हाईस्कुलमा कक्षा–८ सम्म अध्ययन गरे । पछि पब्लिक हाईस्कुलभित्रै रहेको त्रिभूवन नाइट स्कुलमा बाँकी अध्ययन गरे । तर पनि कलेज जान पाएनन् ।

साहित्यमा रुची रहेका सुब्बा विस्तारै लेखनमा लागे । ०२९/३० साल तिरबाट साहित्यसँगै पत्रकारिता शुरु गरे । सुब्बा आफैंले साहित्यिक कार्यक्रमकोे आयोजना गरेर आफैंले समाचार पठाउने गर्थे । त्यतिबेला विद्युतीय सञ्चारको सुविधा थिएन । आफूले तयार पारेका समाचार हुलाकमार्फत् पठाउनु पथ्र्यो । धरानमा पत्रकारहरू त्यति धेरै थिएनन् । साहित्यका साथसाथै फुटकर समाचार लेख्दा–लेख्दै उनी पूर्णकालीन पत्रकारितातर्फ लागे । ०२९/३० सालबाट नै काठमाडौंबाट प्रकाशन हुने धेरै साप्ताहिक पत्रपत्रिकामा काम गरे । त्यतिबेला काठमाडौंबाट पनि साप्ताहिक पत्रिकामा उनका समाचार प्रकाशित हुन्थे ।
२०४६ सालको परिर्वतनपछि छापाखानाहरू खुले । ठूला अखबार पत्रिकामा लगानी बढ्यो । त्यसैबीच काठमाडौंबाट कान्तिपुर राष्ट्रिय दैनिकले प्रकाशन शुरु गर्यो । सुब्बाले कान्तिपुरको शुरुवाती समयदेखि नै धरानबाट कान्तिपुरका लागि लेख्दै आएका छन् ।

निरन्तर धरानबाट समाचार लेख्दै आएका सुब्बा कान्तिपुरको सहसम्पादक हुँदै पूर्वाञ्चलको क्षेत्रीय संस्करण शुरु भएपछि पूर्वाञ्चल क्षेत्रीय संयोजकको हैसियतमा करिब ७ वर्षसम्म विराटनगरमा रहेर काम गरे । युवा अवस्थाको जस्तो उमेरले दौडधुप गर्ने नसके पनि ६४ वर्षीय सुब्बा हाल धरानमै रहेर पत्रकारितालाई निरन्तरता दिइ नै रहेका छन् ।

लगभग ४०–४६ वर्ष पत्रकारितामा अनुभव सङ्गालेका हर्ष सुब्बाले पत्रकारितामा त्यो अवधिमा भएका परिर्वतनहरू देखेका तथा भोगेका छन् । पत्रकारितामा लागेकाले खट्नु पर्छ, लेख्नु पर्छ र खोज्नु पर्छ, नभए मानिस निष्कृय हुने र स्वास्थ्यमा पनि असर गर्छ भन्ने उनको मान्यता छ ।

सुब्बाको यो अनवरत पत्रकारिताको मूल्याङ्कन गर्दै उनीलगायत उनीजस्तै निरन्तर पत्रकारितामा लागेका ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, झापाका चन्द्र भण्डारी र नकुल काजीलाई प्रदेश–१ का अगुवा पत्रकारका रूपमा प्रदेश सरकारले सम्मान गरेको थियो ।

समाजलाई सुसूचित गर्ने काम भएकाले दैनिक काम नै भए पनि केही फरक अवश्य भएकाले समाज र राज्यले मूल्याङ्कन गरेर आफू सम्मानित भएको सुब्बा ठान्छन् । सुब्बाले राज्यस्तरबाट पाएको यो नै पहिलो सम्मान हो । आफ्नो ठाउँमा रहेर सही ढङ्गले निरन्तर काम गरिरहे एकदिन समाज तथा राज्यको दृष्टि पुग्नेमा उनी दृढ विश्वास राख्छन् । उनी नयाँ पुस्तालाई यही विश्वास दिलाउन चाहन्छन् ।
लेटर प्रेस ९हातले कम्पोज गरेर मेसिनले छाप्ने प्रविधि० बाट शुरुवात भएको उनको पत्रकारिता आजसम्म पनि निरन्तर छ ।

हुलको भरमा टिकेको पत्रकारिताका कार्डबोडमा अक्षरहरू मिलाएर छाप्ने प्रविधि आज डिजिटलाइज्ड भएको छ । इमेल इन्टरनेटलगायत, विभिन्न सामाजिक सञ्जालले आजको आमसञ्चारलाई द्रुत र विशाल बनाएको छ । हरेक मानिसमा आमसञ्चारको पहुँच छ । सुदर पश्चिमदेखि सुदूर पूर्व र उतरदेखि दक्षिणसम्मका सम्पूर्णले आज एकै समयमा सूचना पाउन सक्नेछन् ।
यसरी प्रविधिको विकासले पत्रकारितालाई सहज बनाएको छ । तथापि आमसञ्चार र पत्रकारितामा फरक भएकाले प्रविधिको प्रयोग गरेर छिटो गरिने भए पनि पत्रकारितामा विषयवस्तुको प्रस्तुति कस्तो हुने भन्ने कुरा रहिरहने भएकाले पत्रकारहरूमा पनि जिम्मेवारी पूर्ण परिर्वतन हुन पर्ने सुब्बा ठान्छन् ।

अभिव्यक्ति स्वतन्त्रतासमेत नरहेको पञ्चायती व्यवस्थाबाट पत्रकारिता शुरु गरेका उनी साहित्यमा छायावादी कविता अथवा साङ्केतिक विरोधको स्वर उराल्थे । सरकारले प्रतिबन्ध लगाएका दलहरूको विचार तथा अभिव्यक्तिलाई प्रतिबन्धित अवस्थामै पनि लेखनका माध्यमद्वारा जनतासमक्ष पु¥याएका थिए सुब्बाले ।

‘२०३६ सालको बहुदल र निर्दलको जनमतपछि बहुदल हारेसँगै पञ्चायती शासकहरूले दलहरूको पूर्णरुपमा अन्त भएको भन्दै प्रतिबन्धित लेखेकामा पत्रकारहरूलाई धरपकड गर्थे’ सुब्बा सुनाउँछन् । त्यो समयमा धेरै पत्रकार पक्राउ परे । तर त्योबेला मिसन पत्रकारिता हुने भएकाले पत्रकारहरूले त्यसको विकल्प निकाल्दै जनमतपछि राजनैतिक दलका अगाडि पुरानो लेखेर भए पनि उनीहरूका कुरा जनतासामु पु¥याउने गरेको बताउँछन् ।

प्रजातन्त्र ल्याउन, प्रेस स्वतन्त्रता, अविव्यक्ति स्वतन्त्रता मानव अधिकार ल्याउनेजस्ता कुराको मिसन पत्रकारिता हुने भएकाले त्यतिबेला नयाँ–नयाँ सोचहरू ध्यान दिँदै तात्कालीन प्रशासनका विषयका समाचार लेख्दा अर्थपूर्ण साथै जवाफदेही शब्दहरूको चयन गरेर लेख्नुपर्ने हुन्थ्यो । धरै पर्यायवाची शब्दहरूको प्रयोग गरेर सूचना र जवाफदेहिता दुबैको सुरक्षा गर्दै लेख्नुपथ्र्यो । प्रशासनले स्पष्टीकरण मागेका बेला त्यहीअनुसारको अर्थ लगाएर राज्यलाई बुझाउनुसमेत पथ्र्यो ।

पञ्चायती व्यवस्थामा पत्रकारले भाषामा निकै ध्यान दिनुपथ्र्यो । शासककहरूलाई समाचारमा चित्त नबुझे तत्काल स्पष्टीकरण दिनुपर्ने हुन्थ्यो । धेरै पत्रकारलाई शासकहरूले धरपकड गर्ने, जेल हाल्ने, दुःख दिने काम गरे पनि पत्रकारहरू हतोत्साहित भएर पत्रकारिता छाडेर हिँड्दैनथे ।

‘गणतन्त्र स्थापना भइसकेको अहिलेको पत्रकारिताको अवस्था हेर्दा तुलनात्मक रूपमा स्वतन्त्रतालाई अलि बढी नै उपभोग भएको हो कि भन्ने लाग्छ ।’ सुब्बा भन्छन्, ‘प्रविधि र स्वतन्त्रता दुवै भएको अवस्थामा उचित सदुपयोग गरेर उत्पादनमुखी बन्नुको साटो स्वतन्त्रता छ म नाङ्गै हिँड्छु भन्दा सामाजिक नैतिक आचरण गुम्न सक्छ ।’

विद्यमान कानूनलाई अध्ययन गरी, प्रेस काउन्सिल, पत्रकार महासङ्घले बनाएका आचार संहिताभित्र रहेर लेख्न तथा बोल्न सल्लाह दिन्छन् सुब्बा । सामाजिक तथा नागरिक क्षेत्रबाट पत्रकारहरू माथि धेरै प्रश्नहरू उठ्न थालेको वर्तमान परिप्रेक्ष्यमा आजका पत्रकारले नै ती प्रश्नहरूको जवाफ दिनुपर्ने भएकाले कानून, सामाजिक मूल्य मान्यता तथा आचारसंहिताभित्र रहेर पत्रकारिता गरे पत्रकारलाई प्रश्न नउठ्ने सुब्बाको तर्क छ ।

समाजले पत्रकारलाई अहिले लगाउने आक्षेपहरू भाषामा भएका त्रुटिका कारण भएकाले भाषिक शुद्धता पनि नयाँ पुस्ताका पत्रकारका लागि चुनौती बनेको उनको बुझाइ छ ।
सुब्बा भन्छन्, ‘आजकाल विभिन्न सङ्घ–संस्थाले पत्रकारिता तालिम दिइने गरेका छन्, समाजमा सञ्चार साक्षरता पनि बढेको साथै पत्रपत्रिका, रेडियो, टेलिभिजन अनलाइन समाचार पोर्टललगायतका सञ्चार क्षेत्रको विकास र वृद्धि हुँदै गएको छ, यस्तोमा पत्रकारितामा प्रतिस्पर्धा हुने भएकाले पत्रकारिताको शैलीमा पनि परिर्वतन भएको छ ।’

पत्रकारितामा पनि अन्य व्यवसायको जस्तै ग्राहक हुने बिक्री गर्नुपर्ने हुन्छ । अन्य व्यवसायका वस्तु खरिदकर्ता अथवा सेवाग्राही ग्राहक भएजस्तै पत्रकारका ग्राहक पाठक हुने र आफ्ना शब्दहरू पाठकले रुचाउनु भनेको विक्री भएको मान्नुपर्ने सुब्बा बताउँछन् । उनी भन्छन्, ‘प्रतिस्पर्धामा आउनका लागि पनि शैलीको विकास गर्नु पर्ने हुन्छ, नयाँ कुराको खोजीमा प्रविधिको विकास गर्नुपर्ने हुन्छ । ‘थोरैमात्र सञ्चार क्षेत्र हुँदा ठूला पत्रपत्रिकाले कुनै पनि समाचारलाई रोक्न अथवा ब्लक गर्न सक्ने अवस्था थियो,’ सुब्बा भन्छन्, ‘पत्रकारिता र सञ्चार क्षेत्रको विकास र विस्तारले अब कसैले कुनै समाचार रोक्छु वा ब्लक गर्छु भन्ने अवस्था समाप्त भइसकेको छ ।’

मिडिया भन्नाले आजको समयमा सामाजिक सञ्जाल पनि पर्ने भएकाले सूचनाका सँगसँगै विकृति पनि आउने हुन्छ यस्तोमा आममानिसमा सञ्चार साक्षरता भएकाले पत्रकारले लेखेको समाचार र सामाजिक सञ्जालमा आएका सूचनामा फरक छुट्याउने क्षमताको विकास भएको उनको बुझाइ छ । उनी भन्छन्, ‘पत्रकारले कानून, आचारसंहिता तथा सामाजिक मूल्यमान्यताको परिधिभित्र रहेर समाचार लेख्ने भएकाले नेपाली पत्रकारिता जगत्मा कार्यरत पत्रकारहरूको कारणले सञ्चारक्षेत्र अथवा मिडियामा विकृति भन्ने मलाई लाग्दैन ।’

पत्रकारहरूमै कपी पत्रकारिता भएको भए पनि खोजी पत्रकारिता जतिको बलियो नहुने भएकाले र प्रविधिमै सम्पूर्ण पत्रपत्रिका तथा अनलाइन समचारहरू जोडिने भएकाले पाठकलाई लामो समयसम्म झुक्याउन नसक्ने र त्यस्ता मिडिया हाउस धेरै लामो समयसम्म टिक्न नसक्ने उनी बताउँछन् । त्यस्तै नेपाल सरकारले भर्खरै ल्याएको काउन्सिल विधेयकले पत्रकारहरूलाई पञ्चायती व्यवस्थातर्फ लान खोजिएको उनको भनाइ छ ।