गायक प्रकाश सपुत र शान्तिश्री परियारको बहुचर्चित नयाँ गीत गलबन्दी च्यातियो विवादमा परेको छ ।

प्रकाश सपुतकै शब्द र सङ्गीत भनिएको ‘गलबन्दी’ को चर्चा चलिरहेका बेला मौलिक भनिएको यो गीतलाई चोरीको आरोप लाग्यो ।

निक्कै वर्षअघि गायक शम्भु राईले गाएको ‘आऊ नाचौं साथी हो कम्मर कसेर’ को लयसँग ‘गलबन्दी’ को लय ठ्याक्कै मिल्यो । त्यसपछि प्रकाशले कपी गरेको आरोप खेपिरहेका छन् । गीत चोरीको आरोप लागे पनि प्रकाशले भने आफूले चोरी नगरेको दाबी गरे ।

यही जेठ ११ गते ‘गलबन्दी’ गीत रिलिज भएको थियो । तीन सातामा यो गीत १ करोडभन्दा बढीले हेरिसकेका छन् । यो गीतलाई धेरैले मौलिक गीत भनेर खुब चर्चा पनि गरे । तर पछिल्लो समय उनले चोरीको आरोप खेपिरहेका छन् । यसअघि पनि उनको दोहोरी ब्याटललाई नारायण गोपालको गीतबाट कपी गरेको आरोप लागेको थियो ।