धरान । भारतकाे उत्तर प्रदेशमा एक पत्रकारमाथी कुटपिट भएकाे छ । रेलकाे लिकबाट हटेकाे बारे जानकारी बटुलिरहेका बेला गर्भमेन्ट रेल पुलिस (जिपिअार)का जवानले उनिमाथी कुटपिट गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । मंगलबार राती सामलिमा भएकाे उक्त घटनामा रिर्पाेटिङमा रहेका पत्रकारले प्रयाेग गरेकाे क्यामेरा जिपिअारका जवानले खाेसी भुइमा फ्यालेकाे र पत्रकारले उक्त क्यामेर टिप्ने क्रममा सादा पाेसाकका प्रहरीले उनिमाथी निर्घात कटपिट गरी मुखमा पिसाब गरेकाे बताइएकाे छ । 

पिटिएका पत्रकार अमित शर्मा एक समाचार  च्यानलमा रहेकाे बताइएकाे छ । ति पत्रकारका अनुसार केही दिन अघि रेलसेवामा गडबडीबारे फर्दाफास गरेका कारणा नीजि दुश्मनी निकाल्नकालागि कुटपिट गरीएकाे बताइएकाे छ ।  सामाजिक संञ्जालमा उक्त घटना प्रति तिब्र अालाेचना भएकाे छ । मानिसहरुले ती पुलिसमाथि कडा कारवाहीको माग गरेका छन् ।

घटनापछि दुई पुलिसलाई निलम्बित गरिएको जानकारी छ ।