चतरा  / गुडिरहेको मोटरसाइकलमा जंगली जनावर बदेलले आक्रमण गर्दा बराहक्षेत्र नगरपालिकामा दुई जना घाइते भएका छन् ।
को खुट्टा भाचिनु का साथ अर्का सामान्य घाइते भएका छन ।
बुधबार साझ ५ बजे भएको दुर्घटनामा, वडा नम्बर १ खारखोला घर भएका,मोटरसाइकल चालक ४० बर्षका कमलबहादुर श्रेष्ठको दाहिने खुट्टा भाचिएको छ । अर्का मोटरसाइकल पछा डी सवार ५५ बर्षीय भीमबहादुर श्रेष्ठ सामान्य भएका छन् । उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ ।

उनीहरु को ६ प ८१८१ नम्बरको एफजेड मोटरसाइकलमा नडाहावाट चतरा आउने क्रममा सडक खण्डको हरिने खोला भन्ने स्थानमा अचानक बदेलले आक्रमण गरेको थियो । आक्रमण हुदा मोटरसाईकल अनियन्त्रीत भइ लडेको घाइते भीमबहादुरका आफन्त सुरेश श्रेष्ठले बताए । उनीहरु काका भतिज हुन । भीम बहादुरको ढाड, छाती खुट्टा मा चोट लागेको छ ।