तेह्रथुम/ तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङबाट १७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेष्ठ २५ गते बेलुका ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको बाबुले आज बिहान ७ बजे दिएको जाहेरीको आधारमा तत्काल प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २१ बर्षीय पदम रसाईलीसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

पक्राउ परेका ३ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।