ट्याङ्कीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

alt
  • जेठ ३०, २०७६
  • १७८ पटक पढिएको
  • रासस

कास्की/ पोखरामा हिजो साँझ पानी ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ ।

स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

साथीसँग खेल्ने क्रममा घरको भर्याङमुनि रहेको ट्याङ्कीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा

 ताप्लेजुङ् । ताप्लेजुङको फुङ्लिङ नगरपालिका १ को द

गलबन्दी विवाद टुंगिय

बरिष्ठ गायक तथा संगीतकार शम्भु राई र  गायक प्रकाश

पाँचथरका छ बस्ती पहि

  पाचँथर / निरन्तरको वर्षाका कारण पाँचथरको

स्थानीय तहलाई आयो

  काठमाडाैं  / सङ्घीय मामिला तथा सामान


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved