धरान / हातमा खुकुरी लिएर दादागिरी जमाउने एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको गस्ती टोलीले धरान–११ का ३८ बर्षीय विशाल राईलाई पक्राउ गरेको हो ।
गत जेठ २८ गते राती सार्वजनिक स्थलमा खुकुरी लिएर होहल्ला गदैं हिडिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अभद्र व्यवहार मुद्धामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएको छ ।