देउराली । धरान उपमहानगरपालिका १७ नम्बर  वडा स्थित रेल्वेमा सुन चम्काइदिने भन्दै ठगी गर्ने  दुई  भारतीय नागरीक पक्राउ ।

बुधबार रेल्वे स्थित सविना राइकाे घरमा तामा, पित्तलका भाडाकुडा लगायत सुन चादि टल्काइ दिने भन्दै अाएका भारतीय दुर्इ भारतीय नागरीकले सुनकाे सिक्री टल्कार्इ दिने भन्दै ठगी गर्ने दुई भारतीय नागरीकलार्इ यलाका प्रहरी कार्यलय धरानबाट खटिएकाे टाेलीले पक्राउ गरेकाे छ । 

राईले टल्काउन भनेर दिएकाे दुई तोला चार आनाको सुनको सिक्रीलाई रसायन झोलमा डुबाई निकाली ब्रस गरेर दिदाँ सुनको सिक्री सानो भएकाे र चुट्टिएकोले तत्काल सिक्री तौल गर्दा १ तोला ७ आना मात्र भएकाे पाइएकाे ९ आना सुन घटी भए पछि आफु ठगीएको भन्दै प्रहरी कार्यलयमा सुचना दिएका अाधारमा इलाका प्रहरी कार्यलय धरानले भारत, बिहार राज्य जिल्ला कटिहार, नया टोला बस्ने बर्ष १९ को पवन कुमार मंडल र  कटिहार जिल्लाकै तिनगछिया घर भएका  बर्ष १९ को दिपक कुमार शाहलाई पक्राउ गरेकाे हाे । 

 पक्राउ परेका भारतीय नागरीककाे साथबाट ससायनिक पदार्थ लगायतका सामनहरू बरामद  गरेकाे इलाका प्रहरी कार्यलय धरानले जनाएकाे छ ।

 पिडित सबिना राईबाट ठगि मुद्दामा उजुरी लिई थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यलय धरानले जनाएकाे छ ।