धरान / सुनसरीको धरानमा महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण झापा र मोरङमा पनि देखिए पछि नियन्त्रणका लागि प्रदेश सरकारले आजदेखि नियन्त्रण शुरु गरेको छ । बुधबार साँझ मुख्यमन्त्री शेरधन राईको कार्यकक्षमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुखलगायत सरोकारवालाहरुसँग छलफल गरेर एक साता भित्र प्रकोप रोक्ने निर्णय गरेको थियो ।
स्थानीय तह, प्रदेश र संघका सबै सयन्त्रणहरुलाई परिचालन गरि लामखुट्टेको लार्भा, प्युपा र बयस्क लामखुटट्े नष्ट अभियान शुरु गरिएको हो ।
डेंगुको संक्रमण फैलिएपछि प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा सर्तकता अपनाउँदै नियन्त्रणकालागि एक हप्ते कार्ययोजना विहीबार धरानमा अन्तक्रिया गरेर सार्वजनिक गरे । लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान चलाउन निर्देशन दिदैं अव घरघरका जनहरुले पनि सामाजिक उत्तरदायित्व पुरा गर्नु पर्ने बताए । उनले धरानमा जम्मा गरेको ‘पानी पोख्ने अभियान’ नै चलाउन आग्रह गरे ।
मेची अस्पताल झापा, कोशी अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगुको उपचारकालागि निशुल्क व्यवस्था गरिएको मन्त्री घिमिरेले जानकारी पनि दिए । निजी अस्पतालहरुलाई पनि आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको उनले बताए ।
विहीबार साँझ सम्म सुनसरीमा मात्र संक्रमितको संख्या पाँचसय ४८ पुगेको छ । धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको छ ।

विकास निर्माणमा उपमहानगरसँग ६० प्रतिशतसम्म योगदान दिने धराने जनताले उपमहानगरसँग सहकार्य गरेर साता भित्र डेंगु नियन्त्रण गर्नु पर्ने उनको भनाई थियो । ‘देशभरी जनसहभागिताको नमुना भनेर पहिचान बनाएका धरानने आफ्नो घरमा भएको फोहोर, जमेको पानी सफा गरेर उदाहरणीय बन्नु पर्छ ।’–डा. खनालले भने ।

प्रतिष्ठानका सहायक निर्देशक डाक्टर विकास साहका अनुसार बुधवार सम्म डेंगुको संका लागेर १४०९ विरामी अस्पतालमा आएका थिए । ती मध्ये ४७४ जनामा डेंगुको संक्रमण पाइएको थियो । किट अभावले २६३ जनाको ल्याव परिक्षण गर्न वाँकी रहेको उनले जानकारी दिए ।
¥यापिट रेस्पोन्स टिमका प्रमुख तथा वीपी प्रतिष्ठानका डा. विजयकुमार खनालले रोगबारे पहिचान भई उपचार पनि भईरहेकाले गोष्टी, भेला, बैठक छाडेर घरघरमा पानी पोख्ने अभियान चलाउनु पर्ने बताए ।
¥यापिट रेस्पोन्स टिमका प्रमुख तथा वीपी प्रतिष्ठानका डा. विजयकुमार खनालले रोगबारे पहिचान भई उपचार पनि भईरहेकाले गोष्टी, भेला, बैठक गर्ने अव बेला नभएको बताउदैं धरानमा पानी पोख्ने अभियान चलाउन सुझाएका छन् ।
पानी अभावमा धरानेहरुले लामो समयसम्म पानी जम्मा गरेर राख्ने र त्यही लामखुट्टेको लार्भा भएको उनले बताए ।
विदेशमा पानीमा लार्भा उत्पादन गनेृे घर धनीलाई जरिमाना तिराउने कानुन भएको उनले बताए । जनप्रतिनीधिहरु स्वयंमा चेतना अभाव भएको उनको भनाई छ ।

विकास निर्माणमा उपमहानगरसँग ६० प्रतिशतसम्म योगदान दिने धराने जनताले उपमहानगरसँग सहकार्य गरेर साता भित्र डेंगु नियन्त्रण गर्नु पर्ने उनको भनाई थियो । ‘देशभरी जनसहभागिताको नमुना भनेर पहिचान बनाएका धरानने आफ्नो घरमा भएको फोहोर, जमेको पानी सफा गरेर उदाहरणीय बन्नु पर्छ ।’–डा. खनालले भने ।
केही दिनअघि मोरङको सुन्दरहरैचा नगरपालिकामा संक्रमण देखिएको थियो । लगतै पथरी शनिश्चरे नगरपालिकामा पनि भेटिएको थियो । असार पहिलो सातासम्म अभियानको रुपमा घरदैलो कार्यक्रम गर्ने धरान उपमहानगरपालिकाकी कार्यबहाक मेयर मञ्जु भण्डारीले जानकारी दिइन ।