लक्ष्मीमार्ग ।मोरङको बेलबारी स्थीत दुई ठाँउमा ग्लोवल आइएइ बैंकको शाखा रहित सेवा सुचारु भएको छ ।

शुक्रबार एकै दिन दुई बेलवारीको ठाँउमा ग्लोबल आइएइको शाखा रहित सेवा सुचारु भएको हो । बेलबारी ११ लक्ष्मीमार्ग स्थीत १४७ औँ र बेलवारी १० स्थीत चाँदनी चौकमा १४८औँ शाखा रहीत सेवा सुचारु भएको हो । लक्ष्मीमार्गको केरुङ ट्रेडर्स स्थीत उक्त बैंकिङ सेवाको उद्घाटन गर्ने क्रममा प्रमुख अतिथीका रुपमा रहेका वडा अध्यक्ष यम बहादुर पोख्रेलले स्थानीय व्यवसायीहरुलाई सजीलो हुने बताए ।