विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख प्राडा. गोविन्दवहादुर तुम्वाहाङले उद्योगी व्यापारीहरुले उपभोक्ताप्रति उत्तरदायी भएर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।
विराटनगरस्थित शुक्रबार विराट व्यापार संघको १० औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेश प्रमुख तुम्वाहाङ्गले यस क्षेत्रका जनताहरुलाई आवश्यक पर्ने वस्तु उत्पादन गरि सहजढंगले उपलव्ध गराउनुपर्ने बताए ।

उनले मुलुकको आर्थिक समृद्धको संयन्त्र नै उद्यमी व्यापारी भएको चर्चा गर्दै समुदायलाई आवश्यक पर्ने स–साना वस्तुहरू आयात प्रतिस्थापन गरी देशमै उत्पादन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले मुलुकलाई समृद्ध वनाउन उद्योमी व्यापारी ठूलो योगदान रहने बताउदै व्यापार क्षेत्रमा रहेको समस्याको सावधान गर्न प्रदेश सरकार लागि पर्ने बताए । उनले सरकार प्रदेशमा रहेका उद्यमी व्यापारीलाई सम्वद्र्धन प्रवद्र्धन गर्न आवश्यक पर्ने सहयोगका लागि लिखित रुपमा सुझाव पेश गर्न आग्रह पनि गरे ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले सवैको साझा संगठन रहेको संघले विराटनगरलाई स्थायी राजधानी र समृद्ध बनाउन गरेको ठूलो योगदान रहेको बताए । संघका अध्यक्ष शिव प्रसाद रिजाल, टोल संगठनका अध्यक्ष राजु मास्के सम्मानित उद्यमी ताराचन्द खेतानले कर र भ्याटका कारण सीमावर्ती क्षेत्रका वजारमा सस्तो मूल्यमा सामान उपलव्ध हुनाले यस क्षेत्रका उद्यमी र व्यापारी पलायन हुने अवस्था सिर्जना भएको बताए ।

सो अवसरमा प्रदेश प्रमुख प्रा.डा तुम्वाहाङले उद्यमी ताराचन्द खेतान लगायत संघका पूर्व अध्यक्ष लगायत सदस्यहरुलाई सम्मान गरिएको थियो ।