धरान / धरान १३ र २० को सिमानामा रहेको सर्दु खोलामा विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा निर्माणाधिन वीपी स्मृति पार्क निर्माण पछि आन्तरिक पर्यटकहरु बढेका छन् ।
विहान ५ वजे मर्निड वाक आउनेदेखि वेलुकी ६ वजेसम्म त्यहा वनेको फलावर व्रीज (फुलको पुल ) रक गार्डेन, डुंगाको नाग हेर्न आउने गरेको स्थानीय व्यवसायी देवीमाया राईले बताइन । विहान मर्निड वाक र ध्यान गर्नेहरुको भीड लाग्छ भने दिउसो पानीमा खेल्ने गर्मी छेल्न आउनेहरुको सख्या वढदै गएको उनले बताइन ।
यस पटक चक्र खडकाको सयोजकत्वमा वीपी पार्क निर्माण समिति गठन गरी सुनसरी क्षेत्र नं. १ का सांसद जय कुमार राई मार्फत सधीय सरकारले दिएको २० लाखवाट रकगार्डेनमा फलामको वारवेरा र पmलावर व्रीजमा फलामकै जाली लगाउने काम भएको छ । यसको लागी हालसम्म १० लाख जति खर्च भई सकेको छ । दुई वर्ष अधि पनि सासद कोषवाट ५ लाख रुपैया वीपी पार्कको लागी निकासा भएको थियो । जसको लागी नेपाली काङग्रेस धरान नगर समितिका कोषाध्यक्ष महेन्द्र प्रधानको अध्यक्षतामा एक निर्माण समितिको गठन गरिएको थियो । तर सो समितिले काम नगर्दा रकम उपयोग विहीन भएको स्थानीयले बताए ।