धरान । धरानमा सम्पन्न एसईई स्टेट १ आइडलको उपाधि गौरव राईले जितेका छन् । आइडलमा प्रथम भएका राईले ५० हजार नगद, ट्रफी र प्रमाण–पत्र पाए ।
त्यस्तै ं२ पढ्नको लागि शतप्रतिशत छुट, एउटा गीत रेकर्डिङ र एउटा म्युजिक भिडियो बनाउन पाउने आयोजकले बताए । राईले हिमशिखर बोर्डिङ स्कुल तरहराबाट एसईई दिएका हुन् । आइडलमा राज लोहार दोस्रो भए । दोस्रो भएका लोहारले ३० हजार नगद, प्रमाण–पत्र , ं२ अध्ययनमा ५० प्रतिशत छुट र अन्य आकर्षक पुरस्कार पाए ।

लोहारले पञ्चायत मावि पथरी शनिश्चरेबाट एसईई दिएका हुन् । त्यसैगरी मिङ्सोहाङ केरुङ तेस्रो भए । तेस्रो भएका केरुङले २० हजार नगद, प्रमाण–पत्र, ं२ अध्ययनमा ३० प्रतिशत छुट र अन्य आकर्षक पुरस्कार पाए । केरुङले ग्लोरी इङ्लिस बोर्डिङ स्कुल बिर्तामोडबाट एसईई दिएका हुन् । आइडलमा द भोइस अफ पब्लिक चोइस आस्था विक घोषित भए । विकलाई सुन्दर साउण्ड सिस्टम धरानले एउटा गिटार प्रदान गरेको छ । विकले केके इण्टरनेसनल स्कुल धरानबाट एसईई दिएकी हुन् । धरान–८ सभागृहमा भएको आइडलमा गायिका प्राश्ना शाक्य, सङ्गीतकार तथा सङ्गीत प्रशिक्षक विनायक राई र प्राज्ञ राम धामी निर्णायक रहेको आइडलका इभेण्ट म्यानेजर तीर्थ कार्कीले बताए । आइडलमा मुख्य निर्णायक रहेका दीपक लिम्बूले पनि साङ्गीतिक प्रस्तुति दिए ।