श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ १ गते आइबार,१६ जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको चतुर्दशी तिथि १४ः०३ बजेसम्म,उप्रान्त पूर्णिमा, नक्षत्र अनुराधा १०ः४२ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः१० र सूर्यास्त ७ः०० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला  ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । नशा तथा पेटसम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट होला । रमाइलोमा दिन बित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । अनावश्यक काममा फसिएला । विश्वासपात्रबाट धोका होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । परिवारमा नया“ सदस्यको आगमन होला । मन प्रसन्न बन्नेछ ।