धरानमा बाल्यकाल बिताएकी अभिनेत्री नम्रता श्रेष्ठ नेपाली फिल्मक्षेत्रमा दमदार कलाकारका रूपमा चिनिन्छिन् । उनको नयाँ फिल्म ‘जाइरा’ भदौ ६ मा रिलिज हुँदैछ ।

अभिनेत्री नम्रता ३३ वर्षमा प्रवेश गरेको अवसरमा फिल्मको पोष्टर पनि रिलिज गरिएको छ । यो फिल्ममा नम्रताको समेत लगानी रहेको छ । फिल्ममा उनले मार्सल आर्ट खेलाडीको भूमिका निभाएकी छन् ।

आशुतोषराज श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठलगायतले अभिनय गरेका छन् ।