अहिलेको समय गतिशील छ । हरेक व्यक्ति व्यस्त छ । ब्यस्तताका बावजुद पनि केही कुरामा ध्यान दिन जरुरी छ । त्यो शीर्षक मनोसामाजिक समस्या हो । स्वास्थ्य के हो ? कुनै पनि व्यक्ति शारिरीक, मानसिक, संवेगात्मक र अध्यात्मिक रूपमा ठीक भएको अवस्था मात्र स्वास्थ्य हो । यी सबै हाम्रो ठीक छ । जहाँ हरेक व्यक्तिले आआफनो वातावरणमा समायोजन पनि भएको हुनु पर्दछ । त्यसो भए मनोसामाजिक भनेको के हो ? हामीसँग मन छ ।

अर्को तर्फ समाज छ । हाम्रो मन समाजबाट प्रभावित छ । यो हाम्रो समाजको निर्माण हाम्रै मन र व्यवहारबाट निर्देशित हुन्छ । यसरी समाज र हाम्रो मन बीचको निरन्तर अन्तक्र्रियात्मक सम्बन्ध मनोसामाजिक हो । मनोसामाजिक समस्याका विभिन्न कारण हुन सक्दछन् । अपहेलना र घृणा महशुस भएको हुन सक्दछ । यौन हिंसा र सम्बन्धविच्छेद पनि कारण भएको हुन सक्दछ । त्यस्तै गरिबी, शारीरिक दुर्बलता, प्राकृतिक प्रकोप भुइँचालो, आँधी र जटिल रोगहरू हुन सक्दछन् । मनोसामाजिक समस्याले प्रभाव पार्ने चारवटा मुख्य आयामहरू हुन्छन् । ती हुन व्यक्तिको मन, शरीर, सम्बन्ध र व्यवहार । यसका लक्षणहरु चार आयामबाट बुझ्न सकिन्छ ।

मनः मनमा पार्ने प्रभाव वा देखिने लक्षणहरूमा चिन्ता र पीर लाग्न सक्दछ । त्यस्तै दुःख, रिस र दिक्क लाग्न सक्दछ । अलमल्ल पर्ने र वास्तविकतालाई स्वीकार गर्न कठिनाइ लाग्न सक्दछ । चुप लागेर बस्ने र डर लाग्ने सक्दछ । भरोसा हराउनु, दिमाग शून्य हुनु, र असहायपनको महशुस हुनु आदि हुन् ।

शरीरः शरीरमा थकाइ लाग्नु, खाना खान मन नलाग्नु र टाउको पनि दुख्ने हुन सक्दछ । पेट दुख्ने, मुटुको धडकन बढ्नु, दुब्लाउनु आदि हुन् । व्यवहारः बोल्न डराउनु र नबोल्ने स्वभाव हुन्छ । रोइरहने र एक्लै बस्न रुचाउने हुन्छ । सामाजिक नहुने र परिवार साथीबाट टाढा बस्न रुचाउने गर्दछ । अरुलाई विश्वास नगर्ने र छटपटी भइरहने हुन्छ । लागूपदार्थको प्रयोग गर्ने गर्दछ । एउटै कुरामा अल्झने हुन्छ ।

सम्बन्धः स्वीकार र अरुलाई विश्वास नगर्ने हुन्छ । झगडा गर्ने हुन्छ । आक्रमक व्यवहार देखाउने गर्दछ । गनगन र किचकिच गरिरहने गर्दछ । सबैदेखि टाढा बस्न रुचाउने गर्दछ । यौन व्यवहारमा परिवर्तन आउँदछ । गालीगलौज गर्ने र अनावश्यक झर्किने स्वभाव पनि देखाउँदछ ।

यसका समाधानका विभिन्न उपाया छन् । प्रणायाम गर्न सकिन्छ । यस्तै ध्यान गर्न सकिन्छ । योग गर्न सकिन्छ । व्यायाम गर्न सकिन्छ । किर्तन र पूजापाठ नियमित गर्न सकिन्छ । आफनो कुरा राम्ररी सुन्ने मान्छेलाई भनेको कुराहरू राम्ररी राख्न सकिन्छ । एकान्तमा गएर सुत्न सकिन्छ । त्यसपछि मनोसामाजिक विमर्शकर्ताको सहयोग लिन आवश्यक छ । तर मनोसामाजिक मनोविमर्श भनेको के हो ? समाज र मनको अन्तक्र्रियात्मक सम्बन्धबाट शुरु भएको मनोसामाजिक समस्यालाई सेवाग्राही र मनोसामाजिक मनोविमर्शकर्ता बीच कुराकानीको मद्दतद्वारा समाधानतर्फ लाने वैज्ञानिक प्रक्रिया मनोसामाजिक मनोविमर्श हो ।

जहाँ सीप जानेका दक्ष व्यक्तिले आफनो सीपलाई सही ढङ्गले प्रयोग गर्ने गर्दछन् । मनोसामाजिक मनोविमर्शलाई लिएर समाजमा विभिन्न धारणा निर्माण भएका छन् । यो सेवा लिन कोही व्यक्ति गएमा मानसिक सन्तुलन ठीक नभएको मान्ने गर्दछन् । उनीहरू फरक दृष्टि वा अनौठो लाग्ने कुरा जस्ता मान्छन् । मनोसामाजिक स्वास्थ्य भनेको एउटा व्यक्ति समाजमा बसेको हुन्छ । त्यहीँ हुर्केको हुन्छ । मानिसको मन र समाजबीच हुने अन्तक्र्रियात्मक सम्बन्धबाट मन र समाजमा परेको प्रभावको अवस्था नै मनोसामाजिक स्वास्थ्य हो । मन र सामाजबीच उत्पन्न अन्तक्र्रियात्मक सम्बन्धको सन्तुलित अवस्था मनोसामाजिक सुस्वास्थ्य हो ।

मन र समाजबीच असन्तुलन भयो भने मनोसामाजिक समस्या उत्पन्न हुन्छ । यसरी प्रभाव पर्ने चक्र चली नै रहन्छ । यो सन्तुलनको पल्ला एकातिर धेरै भारि भए यो समस्या उत्पन्न हुन्छ । अन्त्यमा सत्य के हो भने मनोसामाजिक समस्या कुनै पनि बेला हुन सक्छ । हामी जो कसैमा पनि भएको हुन सक्दछ । फरक यति नै हो कि धेरै वा थोरै जुन रुपमा पनि यो समस्याबाट ग्रसित हुन सक्छ । यो मनोविमर्श लिन जाँदैमा मानसिक रोगी हुँदैन । यो पूर्ण रूपमा निको हुन्छ । यो समस्या हाम्रो परिवारमा पनि भएको हुन सक्दछ । समाजमा भएको हुन सक्छ । यो कुनै अनौठो वा आश्चर्य लाग्ने समस्या होइन ।

नत यो कुनै प्राण घातक वा दीर्घ रोग पनि होइन । यसलाई समयमा नै सचेत भएर उपचार गरे राम्रो हुन्छ । हरेक विद्यालयमा मनोसामाजिक मनोविमर्शकर्ता आवश्यक छ । विद्यार्थीलाई परामर्श दिन अति नै आवश्यक छ । समयसमयमा अहिलेको डिजिटल संसारमा लिप्त विद्यार्थीलाई त झन् अति नै यस्ता कक्षाहरूको जरुरी देखिन्छ । हरेक विद्यालयले पनि यस्ता प्रकारका मनोसामाजिक परामर्श सम्बन्धी कक्षा सञ्चालन गरेमा मनोसामाजिक समस्याबाट मुक्त गर्न सकिन्छ भन्ने मेरो आग्रह छ ।

धरानः १६ स्थित जेनिथ् सेकेण्डरी स्कुलमा मनोविमर्शकता सुश्री कोहिनुर लिम्बूद्वारा सञ्चालित परामर्श कक्षाबाट लिइएको ।