धरान/ धरान–१६ को जेनिथ सेकेण्डरी स्कुलले आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले कराँते कला, नृत्य, गायन, कविता वाचन, एक्सन राइम्स, नाटक र बिटबक्स कला प्रदर्शन गरे । त्यसक्रममा जेनिथ बाल आवाज भित्ते पत्रिकाको विमोचन गरियो ।

कार्यक्रममा फिलिफिन्सका शिक्षक जोबेनले अङ्ग्रेजी गीतमार्फत् विद्यार्थीहरूलाई मनोरञ्जन गराए । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा अधिवक्ता प्रकाश राई, कराते प्रशिक्षक स्वर्णिमहाङ फोम्बो र फिलिपिन्सका शिक्षक जोबेनले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रिन्सिपल सुमन जवेगूले विद्यालय स्थापनाको उद्देश्यबारे प्रकाश पारेका थिए । स्कुलकी भाइस प्रिन्सिपल पूजा ताम्राकारले विद्यार्थीहरूले विविध कार्यक्रम गरी मनोरञ्जन गराएको बताइन् ।