बिराटनगर  / प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि आज ४२ अर्वको बजेट सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्षका लागि प्रदेश १ सरकारले ३५ अर्व २ करोडको बजेट सार्बजनिक गरेको थियो । ४२ अर्व गतृ बषएको भनद्यँ करिब ७ अर्ब बढि हाे ।

सरकारले बजेटमा बहुवर्षीय आयोजनाहरु प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले प्रदेश सभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पनि छुट्टै विकास योजना दिने गरी बजेट तय गरेको छ । समानुपातिक तर्फका सदस्यहरुले यस विषयमा आवाज उठाउदैं आएका थिए ।

आगामी वर्ष प्रदेश सभाका ९३ जना सदस्यलाई ५० लाखसम्म खर्च गर्न सक्ने गरी योजना दिने र प्रत्यक्ष तर्फबाट निर्वाचितहरुलाई ३ करोडको प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम दिने गरि बजेट बनेको छ ।

प्रदेश सरकारले आगामी वर्ष कृषि आधुनिकीकरण, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । बजेटमा सुनसरीको धरानदेखि धनकुटाको मूलघाटसम्म सुरुङ मार्ग निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्रथामिकतामा राखेर बजेट विनियोजन गरेको अर्थ मन्त्रालय श्रोतले जनाएको छ ।