धरान / धरानको पर्यटकीय क्षेत्र विजयपुरस्थित केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार परिसरमा गोहोरो फेला परेको छ ।
शनिबार क्याम्पसको क्वार्टरमा फेला परेको गोहोरोलाई हरियाली सामुदायिक वन समुहको जिम्मा लगाइएको छ   गोहोरो करिब १८ किलो तौलको छ । डेढ मिटर लम्बाई रहेको छ ।
वन कर्मचारीहरुले उक्त गोहोरोलाई धरान १९ स्थित हरियाली वन समुहलाई जिम्मा लगाएको हो । हरियालीमा प्रदेश सरकार र डिभिजन वन कार्यालयको सहयोगमा वन्यजन्तु उद्दार केन्द्र निर्माण भइरहेको छ ।