उर्लाबारी / उर्लाबारी नगरपालिकाले धिमाल जातिहरुको पर्व जात्रीको अवसरमा असार २ गते सोमबार नगरक्षेत्रमा स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगर प्रमुख खड्ग फागोद्धारा हस्ताक्षर गरी जारी गरेको सूचनामा नगर क्षेत्रमा मात्र धिमाल समुदायको महान पर्वको जात्रीको संम्मान जनाउदै“ एक दिन सार्वजनिक विदा दिएको उल्लेख गरिएको छ ।
२०७६ साल वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाबाट सुरु भएको जात्री असार २ गते उर्लाबारी–३ मा भव्य मेला लागेर समापन हुने गर्दछ । प्रदेश नंं १ मा रहेका धिमाल समुदायले यो पर्व वैशाख २ गतेदेखि असार २ गतेसम्म मनाउने गर्छन् । प्रकृतिपुजक धिमालहरु रोग ब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामना सहित महाराजथानमा गएर सामुहिक पूजा आजा गर्ने पराम्परा रहेको छ ।