विराटनगर /  १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७६/ ०७७ को पूर्ण बजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री इन्द्रबहादुर आङ्बोले ४२ अर्बको २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट पेश गरेका हुन् ।
आगमी आर्थिक वर्षको चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ६७ हजार अर्थात ४३।९ प्रतिशित, पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख अर्थात ५५।९ प्रतिशत बजेट बिनायोजन गरिएको छ ।
वित्तीयय व्यवस्थातर्फ ८ करोड अर्थात ०.२ प्रतिशत बजेट विनियोजन गरिएको छ । अन्त सहकारी हस्तान्तरणको लागि ९९ सय करोड ९९ लाख ९८ हजार रुपैयाँ बिनायोजन गरिएको छ ।
आगमी आर्थिक वर्षको लागि अनुमान गरिएको बजेटको स्रोत व्यवस्थापनमा आन्तरीक राजस्वबाट ३३ अर्व ८६ करोड, राजस्व वाडफाडबाट १० अर्ब ८६ करोड, अनुदानबाट २१ अर्ब २१ करोड र चालु आर्थिक वर्षको नगद मौज्जाद ६ अर्ब ६१ करोड रहने पुर्व अनुमान गरिएको मन्त्री आङ्बोले बताए ।

के छ बजेटमा

  • विराटनगरमा बिशेष आर्थिक क्षेत्र (सेज) र सुनसरीको अमडुवालाई औधोगिक ग्राम बनाउन पहल थाल्ने
  • विराटनगरमा अन्तराष्ट्रिय प्रर्दशनी केन्द्र निर्माण गर्ने
  • समाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने
  • मुख्यमन्त्री सडक कार्यक्रमलाई निरन्तरता दिने
  • झोलुंगे पुल निर्माण गर्ने,
  • विराटनगर विमानस्थलाई अन्तराष्ट्रिय बिमानस्थलका रुपमा अगाडी बढाउने
  • चार बर्ष भित्र सबै स्थानिय तहमा सडक बिस्तार गरिसक्ने
  • विराटनगर , मेचीनगर कोशी व्यारेज करिडोरको स्तरबृद्धि गर्ने
  • धरान मुलघाट सुरुंग मार्गको अध्यन गर्ने
  • नयाँ शहरमा औधोगिक क्षेत्र स्थापना गर्ने
  • कुरा पनि बजेटमा पर्नेछन् ।
  • सिमान्तकृतहरुलकागि झापा मोरङ र सुनसरीका दक्षिणी क्षेत्रमा एकिकृत बस्ती निर्माण गर्ने 
  • ४ बर्ष भित्र प्रदेशमा भवन आचारसहिता लागू गराइसक्ने 
  • ५ वटा बजारलाई स्वच्छ सफा शहर बनाउने 
  • प्रदेशमा १ पर्यटकिय सिटी बनाउने 
  • ५ वटा शहरलाई स्मार्ट शहर बनाउने
  • इटहरीमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने विराटनगर
  •  धरान र इटहरी र दमकलाई पहिलो चरणमा स्वच्छ र सफा शहर बनाउन
  • रोड व्युटिफिकेसन कार्यक्रम सञ्चालन गर्ने
  • पहाडमा खानेपानी सहज उपलव्ध गराउने
  • सुख्खा ग्रस्त क्षेत्रमा बिशेष प्रबिधियुक्त्त खानेपानी सञ्चालन गर्ने
  • जलासययुक्त्त खानेपानी परियोजना संचालन गर्ने,
  • प्रदेश जलबिद्युत्त आयोजना सञ्चालन गरि ५ बर्ष भित्र १४ सय मेगावाट बिजुली उत्पादन गर्ने,
  • अरुण तेश्रो जलबिद्युत्त आयोजनाको कामलाई तीब्रता दिने ,
  • गौरवका जलबिद्युत्त र साना जलबिद्युत्त अयोजना स्थापना गराउने सोलार प्यानल खरिदमा अनुदान दिने
  • एलपी ग्यासको खपत घटाउन
  • बिद्युत्तिय चुल्होको प्रयोग बढाउने
  •  नीजि क्षेत्रसँगको साझेदारीमा २ सय मेगावाट बिजुली उत्पादन गर्ने
  • नेपाल भ्रमण बर्ष २०२० सफल बनाउने
  • एक नम्बर प्रदेशमा ५ लाख पर्यटक भित्रयाउने ,
  • कञ्चनजंघादेखी सगरमाथा आधार शिविरसम्म हिमाली पदमार्ग संचालन गर्ने ,
  • महाभारत हरित कृषी पर्यटन क्षेत्र घोषणा गर्ने ,
  • एक पालिका एक पर्यटकिय पुर्वाधार निर्माण कार्यक्रम चलाउने ,
  • सुनसरीको चतरा क्षेत्रलाई कुम्भ क्षेत्र घोषणा गर्ने
  • प्रदेश धार्मिक पर्यटिकय सर्किट निर्माण गर्ने 
  • सिमासार क्षेत्रको संरक्षण गरेर पर्यटनमा प्रयोग गर्ने 
  • प्रादेशिक आरक्ष क्षेत्रको बिकास गर्ने
  •  धार्मिक , साँस्कृतिक पर्यटनमा जोड दिने ,
  • पर्यटकिय क्षेत्रमा केवलकार संचाल गर्ने 
  • ताप्लेजुङको पाथीभरा , खोटाङको हलेसी लगायतको प्रसिद्ध धार्मिक क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा बिस्तार
  •  चतरा तुम्लिङटार, दोलाल घाट जलमार्ग संचालनमा ल्याउने
  • कृषिको व्यवसायीकरण र आधुनिकीकरणमा जोड दिने ,औजार , मल बिउ खरिदमा अनुदान दिने, सिचाई सुबिधा बिस्तार गर्ने ,
  • दुग्ध कारखान र कोल्ढ स्टोर र पशु बधशाला निर्माण गर्ने
  • सहकारी, भूमी व्यवस्था सम्बिन्धि नीति लागू गर्ने
  • ,हिमाली जिल्लाहरुमा सुपर हिमालयन फुडको उत्पादन बढाउने,
  • प्राङगरिक खेतीलाई प्रोत्साहन गर्ने
  • १ सय बिगाहा जमिनमा कृषी कम्पनी खोल्लेमा प्रदेश सरकारले नमुना कृषि परियोजना संचालन गर्न सहयोग गर्ने
  • मल बिउ , औषधी , पानी , बिजुली बाटो र प्राबिधिककालागि न्युन व्याजमा ऋण उपलव्ध गराउने 
  • कृषिमा सार्बजनिक निजी साझेदारी अवधारण लागू गरिने
  •  पाँच बर्ष भित्र प्रदेशलाई माछा , मासु र अन्डामा आत्मनिर्भर बनाउने
  •  सहकारी , सामुदायिक र कम्पनी मोडलमा ठूला कृषि कम्पनी सञ्चालन गराउने
  • १० बिगाहा वा १३० रोपनी भन्दा बढी जमिनलाई एकत्र गरि किसानको ५१ प्रतिशत शेयरमा करोड सम्मको पूजी निर्माण गरिने 
  • कृषककालािग सहुलियत ब्याज दिलाउने
  • प्रदेश भरिका सबै जिल्लाबाट छनौट गरिएका कृषकहरुलार्य प्रशिक्षण दिने ,
  • मध्यपहाडी क्षेत्रलाई आर्गेनिक क्षेत्र घोषणा गर्ने
  • एक गाउँ पालिका एक आर्गेनिक फर्म स्थापना गर्ने
  • बिशेष नगदेबालीको खेतीमा अनुदान दिने ,
  • कृषिमा आधारित बिशेष आर्थिक क्षेत्र स्थापना गर्ने
  •  बाली तथा पशुपंक्षी बिमा कार्यक्रम सञ्चालन गराउने
  • कृषी भूमिलाई गैरकृषी क्षेत्रमा प्रयोग गर्न रोक लगाउने 
  • कोशी नदीले कटान गरेको ५ हजार बिगाहा क्षेत्रलाई बस्ती रहित कृषी भूमिको रुपमा बिकास गर्ने
  • सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशी नदीको बिचमा रहेको श्रीलंका टप्पु गाउँलाई स्थानान्तरण गरि उक्त्त क्षेत्रलाई कृषी बिशेष उत्पादन क्षेत्र बनाउने ,
  • पहाडमा साना सिचाई कार्यक्रम सञ्चालन गर्ने र सिमान्तकृत समुदायको खाद्यन्न माथिको पहुँच स्थापित गर्न बिशेष कार्यक्रम आयोजना गर्ने 
  • तराई मधेश हरियाली बन बिकास कार्यक्रम प्रभावकारी बनाउने ,
  • प्रदेश चिडिया खाना स्थापना गर्ने
  • हरित अभियान सफल बनाउन १० लाख फलफुलका बिरुवा बितरण गर्ने ,
  • खाली जमिनमा फलफुलका बिरुवा रोप्ने ,
  • आर्युबेद र जुडवुबुटी उत्पादन कार्यक्रमलाई बढावा दिने
  • तीनजुरे मिल्के जलजले क्षेत्रलाई जैबिक बिविधताकालागि प्रादेशिक संरक्षण क्षेत्रको रुपमा बिकास गर्ने
  • प्रदेश आमसञ्चार एकिकृत कानून निर्माण गर्ने ,
  • प्रादेशिक प्रेस इस्टिच्युट गठन गर्ने ,
  • सूचना तथा संचार निर्देशनालय गठन गर्ने
  • अग्रज पत्रकारलाई सम्मान गर्ने,
  • पत्रकारिता अध्ययनकालागि महिला दलित र सिमान्तकृतलाई छात्रबृत्ति दिने
  •  प्रदेशका सबै रेडियो र टीभीबाट जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने