विराटनगर / १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७६/ ०७७ को पूर्ण बजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री इन्द्रबहादुर आङ्बोले ४२ अर्बको २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट पेश गरेका हुन् ।

आगमी आर्थिक वर्षको चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ६७ हजार अर्थात ४३।९ प्रतिशित, पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख अर्थात ५५।९ प्रतिशत बजेट बिनायोजन गरिएको छ ।

वित्तीयय व्यवस्थातर्फ ८ करोड अर्थात ०.२ प्रतिशत बजेट विनियोजन गरिएको छ । अन्त सहकारी हस्तान्तरणको लागि ९९ सय करोड ९९ लाख ९८ हजार रुपैयाँ बिनायोजन गरिएको छ ।

आगमी आर्थिक वर्षको लागि अनुमान गरिएको बजेटको स्रोत व्यवस्थापनमा आन्तरीक राजस्वबाट ३३ अर्व ८६ करोड, राजस्व वाडफाडबाट १० अर्ब ८६ करोड, अनुदानबाट २१ अर्ब २१ करोड र चालु आर्थिक वर्षको नगद मौज्जाद ६ अर्ब ६१ करोड रहने पुर्व अनुमान गरिएको मन्त्री आङ्बोले बताए ।