श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ २ गते साेमबार,१७ जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको पूर्णिमा तिथि १३ः२७ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र ज्येष्ठा ११ः०६ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः१० र सूर्यास्त ७ः०० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । नपात्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । आफन्तजनहरूबाट उचित सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नया“ कार्य–व्यवसायको शुभारम्भ होला । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला । दिन शुभ रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ  ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । अरुको काममा बढी समय दिनुपर्ला । बन्न लागेको काममा बिघ्न बाधा आइपर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । लाभदायी यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । अनावश्यक काममा ठूलै धनराशि खर्च हुनेछ । विभिन्न समस्याले निकै सताउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक यात्रामा सरिक भइएला ।