विराटनगर /  विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी (पूसेट) क्याम्पस एक महिनासम्म प्रशासनले विदा दिएपछि विद्यार्थीहरूले तोडफोड गरेका छन् ।
क्याम्पस प्रसाशनले गर्मी विदाको कारण देखाउँदै असार ३१ गतेसम्म लामो समय बिदा गरिएको सुचना टाँस गरेलगतै विद्यार्थीहरूले मंगलबार तोडफोडमा उत्रिएका हुन् ।
क्याम्पसमा इन्जिनियरिङ अध्ययन सकाएका र अध्ययनरत विद्यार्थीले क्याम्पस प्रशासनको लापर्वाहीका कारण इन्जिनियरिङ काउन्सिलबाट मान्यता नपाएको भन्दै उनीहरूले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन, लेखा र भण्डारमा तोडफोड गरेका थिए । तोडफोडपछि क्याम्पस प्रमुख राखी वर्मा श्री वास्तवको कार्यकक्षमा रहेको सोफा, दराज लगायतका सामानलाई बाहिर निकालेर आगजनी पनि गरेका छन् ।
विद्यार्थीहरूले अध्ययन सकाएका सिभिल र मेकानिकल इन्जिनियरिङका विद्यार्थीले इन्जिनियरिङ काउन्सिलमा दर्ता हुनुपर्ने माग गर्दै आएका थिए ।
पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस पुसेटमा सिभिल इन्जिनियरिङतर्फ ४८ जनाको मात्रै कोटा रहेको थियो । विश्वविद्यालयले कोटा बढाएर ९६ पु¥याएपछि इन्जिनियरिङ काउन्सिलले क्याम्पसको मापदण्ड नपुगेको बताउँदै मान्यता दिन अस्वीकार गरेको थियो । अखिल नेपाल विद्यार्थी यूनियनका मोरङ अध्यक्ष गोकर्ण घिमिरे भने क्याम्पस प्रशासनले समयमै ध्यान नदिँदा विद्यार्थीले धैर्य टुटाउँदै तोडफोडमा जानुपर्ने बाध्यता आईपरेका ेबताए ।