श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ ४ गते बुधबार,१९ जुन २०१९ । आषाढ कृष्णपक्षको द्वितीया तिथि १४ः४८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पूर्वाषाढा १३ः२५ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः११ र सूर्यास्त ७ः०० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धन आगमनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । मनोरञ्जनात्मक कार्यमा संलग्न भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ  । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मातृपक्षको विशेष सहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नया“ कामको शुभारम्भ हुनेछ । लाभदायी यात्रामा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । व्यापार–व्यवसायमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा केही बाधा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ ।