धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको कोटा बढाउन माग गरिएको छ ।  श्रोत साधान र जनशक्ति प्रायप्त भएको दावी गदैं प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले कोटा बढाउन सरकारसँग माग गरेका हुन ।
चिकित्सा शिक्षा ऐन आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको कोटा एक सय ५० बाट एक सयमा झारिएको थियो । आज संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले बोलकाएको बैठकमा उपकुलपति रौनियारले २५० सिट पुर्‍याउन माग गरेका थिए । उनले २५० वटा सिट प्रतिष्ठानले धान्न सक्ने बताए ।
उपसमितिले बुधबार मेडिकल कलेजले लिइरहेको शुल्कका विषयमा छलफल गर्न प्रतिष्ठानका उपकुलपति रौनियारलाई बोलाएको थियो । उनले सरकारले तोके भन्दा शुल्क नलिएको बताएका थिए । बैठकमा समिति सदस्य उमेश श्रेष्ठले पनि सक्षम मेडिकल कलेजहरुका हकमा सिट संख्या बढाउनु सुझाएको बताइएको छ ।

प्रतिष्ठानले छात्रवृत्ति पाएका नेपाली विद्यार्थीसँग छात्रावास शुल्कसमेत गरी ४ वर्षका लागि ८ लाख ५० हजार लिदैं आएको छ । छात्रवृत्ति पाउने नेपाली विद्यार्थीसँग ४२ लाख ५० हजार र विदेशी विद्यार्थीसँग १४ हजार ५ सय डलर लिने गरिएको प्रतिष्ठान प्रशासनले जनाएको छ ।