विराटनगर / झापाको बुद्धशान्ति गाउँपालिका – ३ बुधबारेस्थित सुकर्म सहकारी बचत तथा ऋण सहकारी संस्थामा ७४ लाख रुपैयाँ हिनामिना भएको छ । बचतकर्ताहरूले जम्मा गरेकोे रकम सहकारीका व्यवस्थापकहरूको मिलेमत्तोमा हिनामिना भएको हो ।
बचतकर्ताले जम्मा गरेको रकम लिएर सहकारीका संस्थापक व्यवस्थापक मोरङको पथरीशनिश्चरे घर भई बुधबारेमा बस्दै आएका राजेश लिम्बु फरार भएका छन् । १ सय ६० जना सेयर सदस्य रहेको सहकारीको सेयर पूजी १ करोड २३ लाख रुपैयाँ रहेको थियो भने ऋण लगानी ३५ लाख रुपैयाँ गरेको सहकारीले जनाएको छ । बचत भएको रकम लिएर सहकारीका संस्थापक व्यवस्थापक लिम्बु गत माघ १९ गते देखि सम्र्पक विहीन भएका छन् ।
व्यवस्थापक लिम्बु फरार भएपछि बचकर्ताहरूले प्रदेश १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय विराटनगरमा उजुरी दिएका छन् । उनीहरूले व्यवस्थापक तथा कार्यसमितिका केही पदाधिकारीहरूको मिलेमतोमा सहकारीमा जम्मा गरेको रकम हिनामिना गरेकोले आवश्यक छानविन गरि दोषीलाई कारवाही गर्न मन्त्रालयमा बिगो मागदाबीसहितको निवेदन दर्ता गरेका थिए । मन्त्रालयको सहकारी महाशाखाको टिमले स्थलगत रूपमा अनुगनम गरेपछि सुकर्म सहकारीको ७४ लाख रुपैयाँ हिनामिना भएको पारम्भिक चरणको छानविनबाट देखिएको प्रतिवेदन मन्त्रालयले बुधबार तयार बनाएको छ ।
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले प्रराम्भिक चरणको छानविनको प्रक्रिया पुरा गरेको कारणले सहकारी महाशाखाको टोलीलाई केही दिनपछि छलफल र स्थानिय तहलाई राय दिनमा बुद्धशान्ति गाउँपालिका जाने भएको छ ।
झापालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको सुकर्म सहकारीले बचतकर्ताको लाखौं रुपैयाँ लिएर व्यवस्थापक फरार भएपछि लामो समयदेखी सहकारी बन्द छ । सहकारीमा एक जना बचतकर्ताहरूले बढीमा ५ लाख रुपैयाँसम्म बचत गरेका थिए । लामो समयसम्म आफूहरूले बचत गरेको रकम बिगो मागदाबी सहित एक दजर्न बढी बचतकर्ताहरूले उजुरी गरेको पीडित लेखनाथ अधिकारीले बताए । ‘दुःख गरेर कमाएको १÷२ पैसाँ जोह गर्दै पुरानो सहकारी भएकोले बचत गरेको थिए,’ उनले भने, ‘झापाको बुधबारेको सबैभन्दा पुरानो सहकारी सुकर्म थियो । लगानी डुब्दैन होला भन्दै सहकारीमा दैनिक हप्तामा १÷२ हजार रुपैयाँ बचत गर्दै आएका थिए । उद्यपी विश्वास गरेको सहकारीमै हिनामिना भयो ।’ गत चैतसम्मा ९० हजार रूपैयाँ बचत पुगेको थियो । जम्मा भएको रकम झिक्न सहकारीमा पुग्दा बचत गरेको रकम हिनामिना भएकोले आफुले पैसाँ नपाएको उनले बताए ।
प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय झापाले पीडित भएका बचतकर्ताहरूले समस्याको सावधान गर्न सहकारीलाई पत्र काटदा पनि कुनै सुनवाई नभएको उनीहरू बताउँछन् । पीडत बचतकर्ताहरूले सहकारीका व्यवस्थापक र पदाधिकारीको संलग्नमा सहकारीको पैसाँ हिनामिना भएको भन्दै उनीहरूले निष्पक्ष छानविन गरि दोषिलाई कडा कारवाही र जम्मा गरेको बचत पाउनुपर्ने माग राख्दै आएका छन् ।
यता सहकारीका अध्यक्ष दुर्गा ढुङ्गनाले सहकारीको हरहिसाब सम्पूर्ण म्यानेजर रहेका राजेश लिम्बुले हेर्ने गरेको बताए । बचतकर्ताहरूले बचत गरेको रकम लिएर उनी फरार भएको अध्यक्ष ढुङ्गनाको आरोप छ । सहकारीको जम्मा गरेको रकम हिनामिना गर्नेमा लिम्बुको मात्र संलग्नता रहेको दाबी गर्दै उनले व्यवस्थापक लिम्बु विरुद्ध इलाका प्रहकारी कार्यालय धुलाबारीमा ठगी मुद्दामा उजुरी दिने तयारी गरेको बताए । ‘सहकारीको सम्पूर्ण कारोबार हेर्न व्यवस्थापक फरार भएपछि अहिले समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘हामी सेयर सदस्यहरूसँग निरन्तर रूपमा छलफलमा रहेका छौं । बन्द भएको सहकारी संंचालन गर्ने र ऋण लागनी भएको पैसाँ उठाउने तयारी पनि गर्दै आएका छौं ।’ थप सेयर सदस्य विस्तार गरि सहकारी संंचालनमा ल्याएर समस्याको सावधान गर्दै अगाडी बढने उनले बताए ।