श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ ५ गते बिहीबार,२० जुन २०१९ । आषाढ कृष्णपक्षको तृतीया तिथि १६ः११ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र उत्तराषाढा १५ः१६ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ५ः११ र सूर्यास्त ७ः०१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नयाँ कामको शुभारम्भ हुनेछ । मातृपक्षको विशेष सहयोग प्राप्त भइरहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । अतिथि आगमन होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो यात्राको योग छ । मान–सम्मान र प्रशंसा प्राप्त हुनेछ । बिछोडिएका साथीभाइसित भेटघाट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम्खालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य–व्यवसायमा सफलता मिल्ला । नाम र इज्जत कमाउने बेला छ । मान्यजनको सहयोग प्राप्त भइरहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । ज्वरादिको समस्याले निकै सताउला । आफ्नोभन्दा अरुको लागि समय दिनुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । नयाँ कार्य–व्यवसायको शुभारम्भ होला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक तथा सांस्कृतिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का—पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचार सुन्न पाइएला ।