कोपा अमेरिका, अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर

alt
  • असार ५, २०७६
  • १६१ पटक पढिएको
  • रासस/सिन्ह्वा

साओ पाउलो/ ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ ।

पाराग्वेका अग्रपंक्तिका खेलाडी डर्लिस गोन्जालेजले ३७औं मिनेटमा गोल गरेका थिए । तर अर्जेन्टिनाका विश्वचर्चित खेलाडी लियोनेल मेस्सीले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

यो बराबरीसँगै अर्जेन्टिनाले २ खेलबाट १ अंक प्राप्त गरेको छ । चार मुलुक सहभागी समूह ख मा अर्जेन्टिना अंक तालिकाको सबैभन्दा अन्तिममा रहेको छ । अर्जेन्टिनाले अब अन्तिममा कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

समूहमा कोलम्बियाले दुई खेलबाट ६ अंक प्राप्त गरेर नकआउट चरणमा प्रवेश गरेको छ । कोलम्बियाले बिहीबार नै भएको खेलमा कतारलाई १–० गोल अन्तरले पराजित गरेको थियो । पाराग्वेको २ अंकका साथ दोस्रो स्थानमा छ ।

केराबारीमा बाढी र पह

बेलबारी /  बाढी र पैरोको प्रकोपका कारण मोरङको केरा

प्रहरी कार्यालयमा चि

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडले कार्यालय

पाथिभरा इन्स्टिच्युट

धरान /  प्रदेश १, २ र ३ मा विगत उक दशकदेखि प्राविध

पाँच श्रीलंकन नागरिक

काठमाडौँ  / सरकारले गैरकानुनी रुपमा नेपालमा ब


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved