मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

alt फाइल तस्बिर
  • असार ५, २०७६
  • ४५१ पटक पढिएको
  • रासस/ एएफपी

नेदरल्यान्डस्/  मलेसियन एयरलाइन्स एमएच १७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ ।

युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थियो ।

अर्को वर्ष मार्चदेखि दोषी ठहर गरिएका सैनिक तथा जासुसी कार्यमा संलग्न चारै जनामाथि नेदरल्यान्ड्समा मुद्दा चलाइनेछ । तर रुसी र युक्रेनी दुबै मुलुकले चार व्यक्तिलाई नेदरल्यान्ड्स सुपुर्दगी गर्न अस्वीकार गरेका कारण अनुपस्थितिमै मुद्दाको सुनुवाई हुनेछ ।

रुसले विमान खसालिएको सम्बन्धमा आधारहीन आरोप लगाएको भन्दै आफ्ना नागरिक निर्दोष रहेको जनाएको छ । उक्त विमान नेदरल्यान्ड्सको आम्स्टर्डमबाट मलेसियाको क्वालालम्पुर जाँदै थियो । रुस समर्थित विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी युक्रेनको आकाशमा उक्त विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो ।

नेदरल्यान्ड्सको अनुसन्धान टोलीको सिफारिस बमोजिम दोषी ठहर गरिएका चारै जनाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएको छ । दोषी ठहर गरिएका रुसी नागरिकहरुमा आइगोर गर्किन, सर्गेइ डुबिन्स्की र ओलेग पुलाटोभ तथा युक्रेनी नागरिक लियोनिद खार्चेन्को रहेका छन् । दोषी ठहर गरिएका चारै जना डोनेस्क पिपुल्स रिपब्लिकका पृथकतावादी सैनिक तथा जासुसी नेताहरु रहेका छन् ।

नेदरल्यान्ड्सका अनुसन्धाता फ्रेड वेस्टरबेकले पूर्वी युक्रेनमा रुसबाट अत्याधुनिक बियुके क्षेप्यास्त्र प्रणाली भित्र्याउन ती चार व्यक्ति मुख्यरुपमा जिम्मेवार रहेको बताउँदै तर उनीहरुले नै क्षेप्यास्त्र प्रहार गरेको भने पुष्टी हुन बाँकी रहेको जानकारी दिए ।

“हामी ती चार जनालाई सुपुर्दगी गर्नुपर्छ भन्दैनौं किनभने रुस र युक्रेनको कानुनमै आफ्ना नागरिक सुपुर्दगी गर्ने प्रावधान छैन । तर हामी यस अनुसन्धानमा दुबै मुलुकले सहयोग गर्नुपर्नेमा जोड दिइरहेका छौं,” फ्रेडले बताए । एमएच१७ मा यात्रारत व्यक्तिका आफन्तहरुले दोषीमाथि कारबाही गर्न गरेको सिफारिसलाई स्वागत गरेका छन् ।

अशोक दर्जी वा कमला ...

कुनै कुनै केटाकेटीहरू विलक्षण प्रतिभाका हुन्छन् । उनीहर ...

शिक्षालाई डरको धन्दा ...

हाम्रो शिक्षाले ज्ञानको प्रमुख स्रोत किताबलाई मात्र मान ...

गौरादह नपामा कर्मचार ...

दमक/ दमक नगरपालिकामा लामो समयदेखि कर्मचारी नहुदा उपभोक् ...

इटहरीमा धुलो विरूद्ध ...

इटहरी/ इटहरीको मुख्य चौक धुलोको कारण हिँड्न सक्ने अवस्थ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved