वराहक्षेत्र । वराहक्षेत्रको नडाहामा जारी दोस्रो बराहक्षेत्र मेयर कप फुटबल अन्तर्गत पूर्वाञ्चल एफिएफलाई हराउँदै आयोजक रातो फाइनलमा प्रवेश गरेको छ ।

बिहीबारको अन्तिम सेमिफाइनलमा खेलमा उसले एपिएफलाई २–० गोल अन्तरले हराउँदै उपाधिका लागि आयोजक निलोसँग भेट पक्का गरेको हो । खेलमा खमिर गिल्सन कन्दङ्वा र निशान लिम्बूले गोल गरे ।

खेलको म्यान अफ दी म्याच रोशन भुजेल घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको फाइनल शनिबार हुँदैछ । विजेताले नगद १ लाख २५ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने प्रचार प्रसार संयोजक प्रकाश दिप्साली राईले जानकारी दिए ।