श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ ६ गते शुक्रबार,२१ जुन २०१९ । आषाढ कृष्णपक्षको चतुर्थी तिथि १७ः३८ बजेसम्म,उप्रान्त पञ्चमी, नक्षत्र श्रवण १७ः३० बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः११ र सूर्यास्त ७ः०१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा माङ्गलिक कार्यक्रममा संलग्न भइएला । साथीभाइसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र तथा अलङ्कार प्राप्त होला । दाम्पत्य जीवन सुखमय बित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभकार्यको चर्चा चल्नेछ । परोपकार तथा समाज सेवामा मन लाग्नेछ । काम गर्ने जा“गर र हिम्मत बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । व्यापार–व्यवसायमा विशेष लाभ मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । न्यायिक कार्यमा सफलता मिल्ला । मन मिल्ने साथीभाइको सहयोग प्राप्त भइरहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नसोचेको ठाउ“बाट धन हात पर्नेछ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । महिला मित्रको विशेष सहयोग प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । मिष्ठान्न भोजन प्राप्त हुने समारोहमा सरिक भइएला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।