श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ ७ गते शनिबार, २२ जुन २०१९ । आषाढ कृष्णपक्षको पञ्चमी तिथि १९ः३० बजेसम्म,उप्रान्त षष्ठी, नक्षत्र धनिष्ठा २०ः०० बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः१२ र सूर्यास्त ७ः०२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । फलदायी यात्रा होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि तथा पशुचौपायाको व्यापार व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । शुभसमाचार सुन्न पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको योग छ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका साथीभाइबाट विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जग्गा–जमिन तथा वाहन खरिद होला । पारिवारिक जीवनमा खुशीयाली छाउला । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधानी रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । नया“ कार्य– व्यवसायको शुभारम्भ हुनेछ । मातृपक्षको विशेष सहयोग मिल्नेछ ।