विराटनगर /  नोवेल मिस नेवाः को फाइनल आज साँझ ४ बजेदेखि विराटनगरस्थित वीरेन्द्र सभागृह हलमा हुँदैछ । मिस नेवाको ताज आफ्नो शिरमा पहिरन १२ जना प्रतियोगीहरु प्रतिस्पर्धा उत्रिदैछन् ।
मञ्जिना मुभिज प्रालिको आयोजनामा हुने उक्त प्रतियोगितामा यस अघि  ट्यालेन्ट शो देखाइ सकेका छन् । विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर १२ जना युवती फाइनलमा प्रवेश गरेका छन् । विराटनगरसहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरानलगायतका युवतीहरू छनौट भएका छन् । .नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी गराए ।
१६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवतीहरू प्रतिस्पर्धामा सहभागी गराइएको ताम्राकारले बताए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए । यो तेस्रो शृंखला हो । यसअघि दुईवटा शृंखला सम्पन्न भइसकेको छ । पहिलोमा रइसा श्रेष्ठ र दोस्रोमा सुधा श्रेष्ठले उपाधि जितेका थिए । यस पटकको मिस नेवा विजेतालाई टिभिएस कम्पनीको जुपिटर स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए । प्रतियोगितामा राष्ट्रियस्तरका कलाकारहरूको समेत सहभागिता रहने प्रबन्ध निर्देशक ताम्राकारले बताए ।

newa