भद्रपुर / झापाका पन्ध्रवटै स्थानीय तहमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत २ हजार ७ सय ५३ जनाले रोजगार पाएका छन् । जसमध्ये गौरीगञ्ज गाउँपालिका भने प्रकृयामा छ । सो पालिकामा आवेदन लिने काम भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि झापामा ३ करोड ९४ लाख रुपैयाँ खर्च हुनेछ ।
पहेलो हेल्मेट र ज्याकेट लगाएका बेरोजगारीहरु औजार बोकेर निर्माणका काममा खटिदा गाउँ गाउँमा विकासको जागरण फैलिएको भान भएको छ । स्वरोजगार कार्यक्रमका कामदारले सडक सरसफाई गर्ने, झाडी फाड्ने, विद्यालयमा रङ्गरोगन लगाउने, भत्किएका पुल पुलेसा मर्मत गर्ने, सडकका खाल्डा पुर्ने , निर्माणाधीन कालोपत्रे संडकमा सवारी नचलाउ भन्दै रोक्नेलगायतका काम गर्नेछन् । कतिपय कामदार एक महिनाका लागि सामुदायिक विद्यालयमा शिक्षकसमेत वनेका छन् ।
शिवसताक्षी नगरपालिका ११ नम्बर वडावाट एक महिनाका लागि कविता किस्कू स्थानीय मैनाचरी प्राथमिक बिद्यालयमा पढाउँछिन । नगरले जे काम दियो त्यै गर्ने गरि आवेदन दिएकी थिइन । उनीसंगै छनोटमा परेका अन्य कामदार तातो घाममा सडक सरसफाई गरिरहेका छन् ।

स्नातक वेरोजगारी पनि सडक सफाई गर्ने काममा
रोजगार कार्यक्रममा स्नातक तह उत्र्तीण गरेका युवा पनि समेटिएका छन् । कतिपय कामदारले क्षमता अनुसारको काम पाउने आसा गरेका थिए । तर, काँधमा गैती र कोदालो अनि हातमा झाडु लिएर सडकमा निस्कदा आफ्नो क्षमता अनुसारको काम नभएको कामदार वताउँछन । विर्तामोड नगरपालिकाले काम दिएर रोजगार वनेका एक युवा स्नातक तह उत्र्तीण छन् । उनले अङ्ग्रेजी ऐच्छिक विषय लिएर अध्ययन गरेका हुन् । तर, उनका शैक्षिक योग्यताका प्रमाण पत्र घरमै थन्क्याएर अन्य आम्दानीको श्रोत नहँुदा सडकको झाडी सफाई गर्न थालेका छन् ।
नेकपाले आफ्ना कार्यकर्तालाई पालन पोषणका लागि यो कार्यक्रम ल्याएको केही स्थानीयले आरोप लगाउँदै आएका छन् । कार्यक्रमबाट मुलुकले केही फाईदा लिन नसकी राज्यको व्ययभार मात्र बढ्दै जाने जानकारहरु बताउँछन् । कतीपयले स्वास्थ्य सुरक्षासमेत नगरेको पाइएको छ । हातमा पञ्जा, वुट, माक्स नलगाई काम गर्दा रोग लाग्न सक्ने उनीहरु बताउँछन्
रोजगार पाउनेहरुले दैनिक ५ सय १७ रुपैयाँ ज्याला पाउने सरकारी व्यवस्था रहेको छ । नगरपालिकालाई प्राप्त दरखास्तका आधारमा विभिन्न प्रक्रिया पूरा गरी छनोट गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले बताए । रोजगारमा खटिएका दाताले नगरको समग्र विकास निर्माण कार्यमा नगरपालिकाले खटाएको स्थानमा गएर सहयोग पुर्याउनु पर्ने उनको भनाई छ ।
दिनको ८ घण्टा श्रम गरे वापत ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउने श्रेष्ठको भनाई छ । दरखास्त दिएर स्वीकृत नभएकालाई अनुगमन गरेर अर्को आर्थिक वर्षमा ज्यालाको ५० प्रतिशत निर्वाह भत्ता परिवारलाई प्रदान गरिने प्रधानमन्त्री रोजगार समिति भद्रपुर नगरका संयोजक टिकाराम पाण्डेले जानकारी दिए ।

budzet