धरान । धरानकी एड्भेन्चर डकुमेन्ट्र फिल्म मेकर शान्ता नेपालीको सर्ट फिल्म ‘नोथिङ इज इम्पसिबल’ अस्ट्रेलियामा आयोजना हुने ‘फोकस एबिलिटी सर्ट फिल्म अवार्ड’मा छानिएको छ।

सन् २०१० अप्रिलमा एम्बुसमा परि दुवै खुट्टाको घुँडामाथिसम्म गुमाएका भूपू सैनिक हरि बुढामगरको संघर्षको कथामा बनेको सो फिल्मले अवार्डमा सहभागी हुने अवसर पाएको हो । हाल सगरमाथा आरोहणको अभ्यास गरिरहेका मगरको साहसिक कथा प्रस्तुत गरिएको फिल्मको निर्देशन, छायांकन र सम्पादन शान्ताले नै गरेकी हुन् । ५ मिनेट लामो उक्त भिडियो मुस्ताङमा खिचिएको हो ।

अस्ट्रेलियन फिल्म मेकरका लागि आयोजना हुँदै आएको अवार्डमा दुई विधामा अस्ट्रेलियामा बस्दै आएका विदेशी नागरिकले सहभागी हुन पाउछन्। जसअन्र्तगत ‘उत्कृष्ट अन्तर्र्रािष्ट्रय फिल्म’ र ‘उत्कृष्ट अनलाइन भोटिङ अन्तर्र्रािष्ट्रय फिल्म’ अवार्ड पर्छन्। फिल्म निर्णायकको छनोट र उत्कृष्ट अनलाइन भोटिङका आधारमा पुरस्कार प्रदान गरिन्छ ।

अवार्डमा २ सय ४५ सर्ट फिल्मले सहभागिता जनाएका छन्। अवार्ड कार्यक्रम सेप्टेम्बरमा हुने बताइएको छ। फिल्मका लागि भोट गर्न पनि नेपालीले आग्रह गरेकी छिन् ।